सांसद बनेपछि चर्चामा छिन् यी सुन्दरी

सांसद बनेपछि चर्चामा छिन् यी सुन्दरी

mimi

नयाँ दिल्ली । भारतको लोकसभा निर्वाचनमा ऐतिहासिक सफलता हात पार्दै भारतीय जनता पार्टीले सरकार गठनको तयारी गरेको छ । नयाँ सरकार गठनको चर्चासँगै नवनिर्वाचित सांसदहरुको पृष्ठभूमि, सम्पत्ति, सामाजिक जीवनलगायतका विषयमा समाचारहरु प्रकाशमा आउन थालेका छन् । यसै क्रममा पछिल्लो समय चर्चाको शिखरमा छिन्– मिमी चक्रवर्ती ।

उनी नवनिर्वाचित सांसद हुन् । पेशाले कलाकार रहेकी उनले राजनीतिक जीवनको सुरुवात सांसदका रुपबाट गर्दैछिन् । हालै सम्पन्न निर्वाचनमा उनी तृणमुल कांग्रेस पार्टीबाट उम्मेदवार बनेकी थिइन् । उनी पश्चिम बंगालको जादवपुर क्षेत्रबाट निर्वाचित भएकी हुन् । उनलाई १७ औं लोकसभाको ‘सुन्दरी सांसद’ भनेर भारतीय सञ्चारमाध्यमले टिप्पणी गरेका छन् ।

बंगाली चलचित्रमा अभिनेत्रीको भूमिका निर्वाह गर्दै आएकी उनले संसदमा नेत्रीका रुपमा कस्तो भूमिका निर्वाह गर्ने हुन् ! कौतुहलताको विषय बनेको छ । सामाजिक सञ्जालमा सक्रिय मिमीलाई धेरैले शुभकामनासमेत दिएका छन् । प्रशंसकहरुले उनको राजनीतिक जीवन सफल बन्ने विश्वास व्यक्त गरेका छन् ।

उनले अभिनय गरेका दुई चलचित्र यसै वर्ष प्रदर्शनमा आउने तयारी छ । करिब एक दशकदेखि बंगाली चलचित्र र टेलिभिजनमा ख्याती कमाएकी यी ३० वर्षीय सुन्दरी राजनीतिक जीवनमा कति सफल हुने हुन्, त्यो भने हेर्न बाँकी नै छ ।

 Share
 Tweet
 Pin
 Share
इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

MORE COOL STUFF

Mgid

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ