हामी प्रायः खाएर बचेको भात फेरि तताएर खान्छौँ । तर, यसरी बासी भात तताएर खाँदा शरीरलाई ठूलो हानि हुन सक्छ । यो त्यतिवेला हुन्छ, जब हामी चिसो भात तताएर खाँदा आवश्यक सावधानी अपनाउँदैनौँ ।
बेलायतको नेसनल हेल्थ सर्भिसका अनुसार दोहोर्याएर तताइएको भात खाँदा फुड पोइजनिङ हुन सक्छ । तर, यो खतरा बासी भातलाई तताउनाले होइन, त्यसलाई स्टोर गर्ने तरिकाका कारण उब्जन्छ ।
भातमा हुन्छ यस्ताे ब्याक्टेरिया
हेल्थकेयर सिस्टमका अनुसार, चामलमा ब्यासिलस सिरस नामक ब्याक्टेरियाको अंश (जीवाणु) हुन्छ । यो ब्याक्टेरियाको जीवाणु यति शक्तिशाली हुन्छ कि, चामललाई पकाइसक्दा पनि यो जीवित रहन सक्छ, र झन् छिटो बढ्न सक्छ ।
भात पकाइसकेपछि लामो समय सामान्य तापक्रममा छोडिदिँदा जीवाणुले ब्याक्टेरियाको रुप लिन्छ । यो ब्याक्टेरिया तीव्रगतिले बढ्छ र टक्सिन्स पैदा गर्छ, जसका कारण फुड पोइजनिङ हुन सक्छ । यसैले, भात पकाएपछि त्यसलाई लामो समय सामान्य तापक्रममा छोड्न हुँदैन ।
बचेको भात सुरक्षित राख्ने तरिका
खाएर बचेको भात अर्को साँझलाई राख्नु छ भने त्यसलाई सही तरिकाले स्टोर गर्नुपर्छ, ता कि भात पनि नबिग्रियोस् र आफ्नो स्वास्थ्य पनि ।
एनएचएसका अनुसार भात पाक्नेबित्तिकै खान थाल्नु राम्रो हो । यदि पकाएपछि लामो समय राख्नु छ भने त्यसलाई सेलाएको एक घन्टाभित्रै फ्रिजमा राख्नुपर्छ ।
तर, फ्रिजमा पनि फेरि तताउनुअघि केवल एक दिनका लागि राख्न सकिन्छ । यदि तताएपछि पनि खाएर बाँकी रह्यो भने न त्यसलाई फेरि फ्रिजमा राख्न हुन्छ, न पछि फेरि तताएर खान । यस्तो अवस्थामा बचेको भात फाल्नु नै बुद्धिमानी हुन्छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन