नेपाल भूभागभित्र सयपत्री, मखमलीजस्ता सयौँथरी फूल छन् । गुराँसभित्रै अनेकौँ प्रजाति छन् तर लालिगुराँसलाई नै किन राष्ट्रिय फूल बनाइयो होला ?
यो प्रसङ्ग र पञ्चायतको शुरुवातबीच नजिकको सम्बन्ध छ । वनस्पतिविद्हरुको सुझावलाई दरबारले ग्रहण गरेपछि पञ्चायती व्यवस्था (२०१९) यता लालिगुराँसले राष्ट्रिय फूलको पहिचान पाएको हो ।
तत्कालिन राजा महेन्द्रले २०१९ पुस १ गते सार्वजनिक गरेको संविधानले राष्ट्रिय जनावर, पन्छी, फूल, झण्डा, रङसहित अन्य राष्ट्रिय पहिचान सूचिकृत गरेपछि लालिगुराँसको परिचय फराकिलो बन्यो ।
पञ्चायतलाई सबल, सक्षम बनाउन संविधानको गृहकार्य भइरहेका बेला राष्ट्रिय फूलको पनि खोजी भएको र वनस्पति विभागले दिएको सुझावका आधारमा लालिगुराँसले राष्ट्रिय/अन्तर्रा्ष्ट्रिय पहिचान पाएको वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठले बताए ।
‘दरबारले विज्ञहरुको धारणा माग्यो, हामीले धेरै विकल्प खोज्यौ, पटक–पटकको छलफलपश्चात पृथक अनि वृक्षकदको फूललाई राष्ट्रिय फूलका लागि सिफारिस गरेका थियौ’–विगत स्मरण गर्दै उनले भने । यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’