नेपाल भूभागभित्र सयपत्री, मखमलीजस्ता सयौँथरी फूल छन् । गुराँसभित्रै अनेकौँ प्रजाति छन् तर लालिगुराँसलाई नै किन राष्ट्रिय फूल बनाइयो होला ?
यो प्रसङ्ग र पञ्चायतको शुरुवातबीच नजिकको सम्बन्ध छ । वनस्पतिविद्हरुको सुझावलाई दरबारले ग्रहण गरेपछि पञ्चायती व्यवस्था (२०१९) यता लालिगुराँसले राष्ट्रिय फूलको पहिचान पाएको हो ।
तत्कालिन राजा महेन्द्रले २०१९ पुस १ गते सार्वजनिक गरेको संविधानले राष्ट्रिय जनावर, पन्छी, फूल, झण्डा, रङसहित अन्य राष्ट्रिय पहिचान सूचिकृत गरेपछि लालिगुराँसको परिचय फराकिलो बन्यो ।
पञ्चायतलाई सबल, सक्षम बनाउन संविधानको गृहकार्य भइरहेका बेला राष्ट्रिय फूलको पनि खोजी भएको र वनस्पति विभागले दिएको सुझावका आधारमा लालिगुराँसले राष्ट्रिय/अन्तर्रा्ष्ट्रिय पहिचान पाएको वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठले बताए ।
‘दरबारले विज्ञहरुको धारणा माग्यो, हामीले धेरै विकल्प खोज्यौ, पटक–पटकको छलफलपश्चात पृथक अनि वृक्षकदको फूललाई राष्ट्रिय फूलका लागि सिफारिस गरेका थियौ’–विगत स्मरण गर्दै उनले भने । यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् ।
सम्बन्धित खबर
रातदिन खटेर काम गर्नुपर्ने बेला भएको भन्दै विदेश भ्रमण नजान प्रधानमन्त्रीको निर्देशन
पोखरा-१५ मा विविध कार्यक्रमको आयोजना गरी धान दिवस मनाइयो
र्यान्डममा सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’
पर्वत फलेवास–अर्मादी सडकखण्ड निर्माणमा ढिलासुस्ती
जनताले अनुभूत गर्ने गरी गणतन्त्रको कार्यान्वयन अपरिहार्यः प्रदेश प्रमुख भट्ट
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग