रुसी महिलासँगको भिडियोका कारण ढल्यो अष्ट्रियाको सरकार

रुसी महिलासँगको भिडियोका कारण ढल्यो अष्ट्रियाको सरकार

austria

रुसी महिलासँग अष्ट्रियाको फ्रिडम पार्टीका नेताको भिडियो लिक भएपछि सुरु भएको हंगामा रोकिने नाममा छैन ।  यो विवादकै कारण अष्ट्रियाको वर्तमान सरकार ढलेको छ । अष्ट्रियाका चान्सलर सेबेस्टियन कुर्जको विदाई भएको छ । संसदको विशेष सत्रमा बोलाइएको अविश्वास प्रस्तावमा कुर्जले समर्थन हासिल गर्न    सकेनन् ।

उनका पूर्व सहयोगी फ्रिडम पार्टी र विपक्षी दल सोसल डेमोक्रेट्सले अविश्वास प्रस्तावको समर्थन गरेको थियो ।अष्ट्रियाली राष्ट्रपति एलेक्जेन्डर वेन डेर बेलनले भाइस चान्सलर हर्टविग लगरलाई अन्तरिम नेता नियुक्त गरेका छन् ।

भिडियोबाट सुरु भयो विवादः

वास्तवमा यो पूरा विवाद त्यतिबेला सुरु भयो जब जर्मन मिडियामा एउटा भिडियो सार्वजनिक भएको छ । यो भिडियो गोप्य तरिकाले सन् २०१७ मा स्पेनको द्वीप इबिसामा रेकर्ड गरिएको थियो । यो सन् २०१७ मा देशभित्र भएको चुनाव अघिको भिडियो हो ।

जर्मन मिडियामा प्रशारण गरिएको यो भिडियो फुटेजमा देखिए अनुसार फ्रिडम पार्टीका नेता र जर्मनीको वर्तमान सरकारका भाइस चान्सलर रहेका हेनिज क्रिश्चियन स्टार्के आफ्नै पार्टीका नेता जोहान्ना गुडनेससँग कुरा गरिरहेका छन् ।

यो भिडियोमा दुई नेता एक रुसी महिलासँग बसेर रक्सीसमेत पिइरहेको देख्न सकिन्छ । ती महिला रुसी व्यापारीकी भतिजी बताइन्छ  ।

यो भिडियोमा स्टार्के ती महिलासँग अष्ट्रियाको समाचार पत्र कोरेनेन जिट्ंगमा ठूलो हिस्सेदारी खरिद गरेर फ्रिडम पार्टीलाई मद्दत गर्न अपिल गरिरहेका छन् र यसको बदलामा उनलाई मद्दत गर्ने प्रस्ताव गरिरहेका छन् ।

यो भिडियो कसले खिचेको भन्ने पत्ता लागेको छैन तर यो सार्वजजिनक भएको केही घण्टापछि नै कुर्जले स्टार्केलाई हटाउने निर्णय गरे । स्टार्केले आफ्नो पदबाट राजीनामा दिनुपर्यो ।

त्यसपछि फ्रिडम पार्टीका अन्य मन्त्रीले पनि राजीनामा दिए । फलस्वरुपः सरकार अल्पमतमा आयो ।

के भयो संसदमा ?

अष्ट्रियाको पिपल्स पार्टीका प्रमुख सेबेस्टियन कुर्ज, अष्ट्रियाका पहिलो यस्तो चान्सलर बनेका छन् जसको सरकार अविश्वास प्रस्तावका कारण ढल्यो । सन् २०१७ मा उनी ३१ वर्षको उमेरमा अष्ट्रियाका चान्सलर बनेका थिए ।

संसदभित्र विपक्षी दलले दुई अविश्वास प्रस्ताव पेश गरेका थिए । एक कुर्जविरुद्ध थियो र दोस्रो सरकारविरुद्ध । यी दुई अविश्वास प्रस्ताव पारित भयो ।

यद्यपी, युरोपेली संघमा आइतबार भएको चुनावमा कुर्जले करिब ३५ प्रतिशत मत पाएका थिए तर यो समर्थनले सरकार बचाउन असफल साबित भयो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ