काठमाडौं । चलचित्र ‘सानो मन’को टोली यतिबेला थाईल्यान्डको राजधानी बैंककमा छ । सो चलचित्रको शिर्ष गीत सहित केही दृष्यको अहिले त्यहाँ छायांकन भइरहेको छ । यो चलचित्रको युनिट यसै साता त्यहाँ गएको हो । चलचित्रको शिर्ष गीत सानो मनको आधा भन्दा बढी थाईल्याण्डको पताया र आसपासमा छायाँकन सम्पन्न गरेको यसका निर्माता राजेन्द्र मानन्धरले जानकारी गराएका छन् ।
पतायाको समुन्द्री किनारमा गीतको छायांकन गरिएको छ । गीतमा चलचित्र अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के रोमान्टिक मुद्रामा देखिएका छन् । यो गीतलाई निर्देशक सुयोग गुरुङले नै कोरियोग्राफी गरिरहेका छन् । हालै मात्र छायांकन स्थलबाट निर्माण पक्ष केही तस्बिरहरु पठाएका छन् ।
रोहितजोन क्षत्रीको स्वर रहेको यो गीतमा स्वप्निल शर्माको शब्द तथा सुयोग सोताङको संगीत छ । पतायाको छायाँकन सकेर सानो मन युनिट यतीबेला बैंकक पुगेको छ । सोमबारदेखि बैंककका विभिन्न रमणीय स्थानहरुमा बाँकी छायांकन सुरु गरिएको पनि निर्माता मानन्धरले जानकारी गराए ।
गीतको बाँकी छायांकन पछि फिल्मका थप दृष्यहरु छायांकन गरेर आफुहरु १५ जेठमा काठमाडौं फर्कने पनि निर्माता मानन्धरले जानकारी गराए । यो चलचित्रको छायांकन आलोक शुक्लले गरिरहेका छन् । बर्मेली नेपालीहरुको सहयोगमा आफुहरुले त्यहाँ चलचित्रको छायाँकन गर्न सफल भएको पनि निर्माता मानन्धरले बताए ।
निर्देशक सुयोगलाई त्यहाँ मुख्य सहायक निर्देशक रितसिंह बोहराले सघाईरहेको छन् । यो चलचित्रमा समिर सुनुवार र निर्देशक गुरुङको कथा रहेको छ । ओपिजी फिल्मस्, ए प्लस इन्टरटेन्मेण्ट र हाईटेक इन्टरटेन्मेण्टको ब्यानरमा बनेको यो चलचित्रका निर्माताहरुमा राजेन्द्र मानन्धर, योगेश गुरुङ, राजिब श्रेष्ठ र रमेश कुमार मित्तल रहेका छन्
सम्बन्धित खबर
रातदिन खटेर काम गर्नुपर्ने बेला भएको भन्दै विदेश भ्रमण नजान प्रधानमन्त्रीको निर्देशन
पोखरा-१५ मा विविध कार्यक्रमको आयोजना गरी धान दिवस मनाइयो
र्यान्डममा सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’
पर्वत फलेवास–अर्मादी सडकखण्ड निर्माणमा ढिलासुस्ती
जनताले अनुभूत गर्ने गरी गणतन्त्रको कार्यान्वयन अपरिहार्यः प्रदेश प्रमुख भट्ट
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग