‘विवाह गरेर आएको केही समय मात्रै भएको थियो, नाताले भिनाजु पर्ने सई रामविनोद यादवले श्रीमान् नभएको मौकाछोपी मलाई जबरजस्ती ग¥यो । एक पटकको दुव्र्यवहार मैले आँसु पिएर सहेकै थिएँ ।
फेरि पनि यौन सम्बन्धका लागि बोलायो । मैले ठाडै इन्कार गरेँ । तर उसले पहिलो सम्पर्ककै बेला भिडियो खिचेर राखेको रहेछ, त्यो देखेपछि म यौनदासी बनेर उसले जहाँ भन्छ त्यहीँ जान थालें । अहिले एक वर्ष भयो, ऊ जहाँ–जहाँ सरुवा हुँदै जान्छ म त्यहीं उसको वासना पूरा गर्न पुग्छु ।’
बालविवाहको पीडा पनि भोगेकी १८ वर्षे किशोरीले प्रहरीलाई बयान दिंदै भनिन् । जनकपुरधाम माइती भई रौतहटको गौरमा विवाह गरी आएकी किशोरीलाई पहिला यादवले नाता जोड्दै सहयोगी व्यवहार देखाए । सहयोगको दबाबमा परेर किशोरीले शारीरिक सम्पर्क राख्न पुगेको उनको भनाइ थियो ।
घटनामा संलग्न भनिएका इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत नेपाल प्रहरीका सई रामविनोद राय यादवलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले जेठ ७ गते पक्राउ गरी अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान गरिरहेको प्रहरी प्रमुख एसपी खड्काले बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा मोतीराम तिमल्सिनाले लेखेका छन् ।
सम्बन्धित खबर
रातदिन खटेर काम गर्नुपर्ने बेला भएको भन्दै विदेश भ्रमण नजान प्रधानमन्त्रीको निर्देशन
पोखरा-१५ मा विविध कार्यक्रमको आयोजना गरी धान दिवस मनाइयो
र्यान्डममा सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’
पर्वत फलेवास–अर्मादी सडकखण्ड निर्माणमा ढिलासुस्ती
जनताले अनुभूत गर्ने गरी गणतन्त्रको कार्यान्वयन अपरिहार्यः प्रदेश प्रमुख भट्ट
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग