अस्पतालभित्रै आत्महत्या, यातना दिने महिला डाक्रले हत्या गरेको हुनसक्ने

अस्पतालभित्रै आत्महत्या, यातना दिने महिला डाक्रले हत्या गरेको हुनसक्ने

aatma hatya ko aarop

एजेन्सी : मुम्बईस्थित बीवाईएल नायर अस्पतालकी डाक्टर पायल तडवीको आत्महत्याको मामलामा मंगलबार एकजनालाई पक्राउ गरिएको छ ।पुलिसले डा. भक्ति मेहरेलाई पक्राउ गरेको छ भने अन्य दुई डाक्टरको खोजी जारी छ ।

पायलका श्रीमान् डा. सलमानले सरकारले यो मामलामा हस्तक्षेप गरोस् भन्ने इच्छा राखेका छन् । उनले भनेका छन्, ‘पुलिसले कुनै ठोस् कदम उठाइरहेको छैन । पायललाई यातना दिने तीन महिला डाक्टरले नै उनको हत्या गरेको हुनसक्छ ।’

यसअघि अस्पताल प्रशासनले प्रसुती विभागकी प्रमुख डाक्टरलाई निलम्बित गरेको छ । अनुसन्धान हुञ्जेल तीनै आरोपी महिला डाक्टरलाई पनि निलम्बित गरिएको छ । अस्पतालकी २६ वर्षीया डा. पायल तडवीले गत मे २२ तारिखमा आफ्नो कोठामा स्कार्फको पासो लगाएर आत्महत्या गरेकी थिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ