छात्रामाथि शिक्षकको कुदृष्टिः रक्सीको मातमा अनैतिक क्रियाकलाप

छात्रामाथि शिक्षकको कुदृष्टिः रक्सीको मातमा अनैतिक क्रियाकलाप

घटनाको ६ दिनसम्म पनि उनको अनुहारमा उज्यालो देखिदैँनथ्यो । ओठ कलेटी परेको थियो । त्यो कालरात्रीले उनीहरुलाई समय समयमा झस्काइरहन्छ ।

विद्यालय पोसाकमै जिल्ला प्रहरी कार्यालय आइपुगेका जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका –२ कालीदेवि माथि घर्तिछाप कुपिन्टारका छात्राहरुले शिक्षकद्वयले गरेको यौन हर्कतको सविस्तार बयान गरे ।

जिल्ला प्रहरी कार्यालयमा विद्यालयका प्रधानध्यापकसहित विद्यार्थी र उनका आफन्तहरुका भीढ जुलुस जस्तै देखिन्थ्यो । ‘अनुसन्धानका लागि पीडित छात्रालाई सेफ हाउस र आरोपित शिक्षकलाई हिरासतमा राखेका छौँ ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा मोतीराम तिमल्सिनाले लेखेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ