सगरमाथामा हस्तमैथुन गरेको भन्दै हंगामा ! के हो सत्य ?

सगरमाथामा हस्तमैथुन गरेको भन्दै हंगामा ! के हो सत्य ?

mount-everest

काठमाडौं : विश्वको सर्वोच्च शिखर सथरमाथा आरोहणपछि एक विदेशी आरोहीले हस्तमैथुन गरेको भन्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक भएपछि हंगामा भएको छ ।  विश्वभरका पर्यटकको आकर्षणको केन्द्र सगरमाथाको शिखरमा अमेरिकाको भर्जिन आइसल्यान्डका ३६ वर्षीय ह्युग ए रेक्सुनले हस्तमैथुन गरेर ‘कीर्तिमान ?!’ राखेको भन्दै ट्वीटरमा फोटो हालेपछि चर्को आलोचना भएको हो ।

गत बिहीबारको मितिमा एकजना पाकिस्तानी आरोही करिम शाह निजारीले शिखरमा रहेका तीनमध्ये बसेका एक आरोहीले विश्वको सर्वोच्च शिखरमा हस्तमैथुन गरेर ‘कीर्तिमान ?!’ बनाएको दाबी गरेसँगै नेपालमा हंगामा भएको हो। उनले अमेरिकी नागरिक रेक्सुनले बिहीबार बिहान ११ बजेर ११ मिनेटमा १२० जना आरोहीसामूह सगरामाथा शिखरमा हस्तमैथुन गरेको दाबी गरेका थिए ।

सामाजिक सञ्जालमा हस्तमैथुन गरेको भनिएको फोटो भाइरल भएपछि आक्रोश बढेको थियो। केही समाचार अनलाइनहरुले यसको तथ्य बुझ्दै नबुझी ‘सगरमाथामा हस्तमैथुन’ शीर्षकको समाचार बनाएर प्रकाशित गरेका छन् ।  तर यो तस्बिर सन् २००८ मा खिचिएको जानकारी पर्यटन विभागले दिएको छ । विभागकी निर्देशक मिरा आचार्यले सन् २००८ मा खिचिएको फोटोलाई यही सिजनको भनेर गलत आशयसहित प्रकाशित गरिएको आपत्ति जनाएकी छन् ।

वास्तविक फोटोः आचार्यले यसबारेमा विभागको आधिकारिक धारणा सार्वजनिक गर्ने पनि बताएकी छन् । उनले सगरमाथालाई लिएर भ्रम छर्ने काम नगर्न पनि अपिल गरेकी छन् ।  पर्यटन विभागले आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै पुराना फोटा तथा भिडियोहरु राखेर सगरमाथाको गरिमा घटाउने गतिविधि भएको भन्दै आपत्ति प्रकट गरेको छ ।

विभागका महानिर्देशक डन्डुराज घिमिरेले एक विज्ञप्ति निकाल्दै भनेका छन्, ‘पुराना फोटा तथा भिडियोहरु राखी सगरमाथाको महत्त्व र गरिमालाई होच्याउने, न्यूनीकरण गर्ने मनासय एवम् दुष्प्रचारप्रति यस विभागको गम्भीर ध्यानकर्षण भएको छ ।’

thahakhabar

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ