नवनिर्वाचित सांसदसँग सेल्फी लिने भन्दै बगलीमारले उडाए कांग्रेस सदस्यको पैसा

नवनिर्वाचित सांसदसँग सेल्फी लिने भन्दै बगलीमारले उडाए कांग्रेस सदस्यको पैसा

pickpocket

एजेन्सी – भारतमा लोकसभाको चुनावमा फतेहगढ साहिब सीटबाट विजय प्राप्त गरेका कांग्रेस नेता डा अमर सिंहको धन्यवाद कार्यक्रममा बगलीमारहरूले नेताहरूको पर्स उडाएका छन् ।  नवनिर्वाचित सांसदसँग सेल्फी खिच्ने भन्दै उनी कार्यक्रममा पुगेका थिए ।

प्रहरीका अनुसार, घटना अमलोह रोडस्थित सुरजीत ब्यांक्वेट हलमा बुधवार भएको हो । त्यहाँ अनेक क्षेत्रका मानिस र पार्टीका कार्यकर्ताहरू सांसदलाई बधाइ दिन पुगेका थिए ।

विधायक रणदीप काका समेत १० कांग्रेस नेताहरूको गोजीबाट पर्स गायब भएको थियो । विधायकका पीए रामकृष्ण भल्लाको पर्स पनि चोरहरूले उडाएका थिए ।  घटनाको अनुसन्धान गरिरहेका डीएसपी गुरशेर सन्धुले चोरहरू पत्ता लागिसकेको बताए । सबैलाई प्रहरीले पक्राउ गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ