एजेन्सी : चीनको जियाङ्सु प्रान्तको हुइनान नगरबाट प्रहरीले टेलिकम तथा अनलाइन ठगीमा संलग्न शंकास्पद ३१ जनालाई पक्राउ गरेको छ । यी व्यक्तिले करिब १ लाख ३० हजार अमेरिकी डलरबराबरको ठगी गरेको प्रहरीको आशंका छ ।
गत जुलाईमा एक जना लिउ नाम बताउने व्यक्तिले स्थानीय प्रहरीसमक्ष अनलाइनमा भेटिएकी एक किशोरीमार्फत आफू ठगिएको उजुरी गरेका थिए । लिउले ती किशोरीसँग १२ दिनसम्म अनलाइन कुराकानी गरेको बताएका थिए ।
ती किशोरीको आग्रहमा आफूले एउटा लगानी फर्ममा १ हजार चिनियाँ मुद्रा युआन पठाएको लिउले बताएका थिए, तर एक साता नपुग्दै उनलाई ५ हजार युआन कमाएको भनिएको थियो । लिउलाई आफूले कमाएको रकम झिक्न सेवा शुल्क बुझाउन भनियो, तर सेवा शुल्क बुझाए पनि उनले पैसा पाएनन् र उनकी अनलाइन किशोरी पनि बेपत्ता भइन् ।
विस्तृत अनुसन्धानपश्चात् प्रहरीले शेन्जेन र बेइजिङका साथै हेनान र हुबे प्रान्तबाट ३१ जनालाई पक्राउ गरेको हो । किशोरीको नक्कली नाममा पुरुषहरूले नै प्रेममय सम्बन्ध गाँसेको प्रहरीले बताएको छ । त्यसपछि नक्कली फर्ममा लगानी गर्न मानिसहरूलाई उक्साउने गरेको अनुसन्धानमा खुलेको थियो । प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको बताएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्