अनलाइन, टेलिकम ठगीमा संलग्न ३१ जना पक्राउ

अनलाइन, टेलिकम ठगीमा संलग्न ३१ जना पक्राउ

chiona online crime

एजेन्सी : चीनको जियाङ्सु प्रान्तको हुइनान नगरबाट प्रहरीले टेलिकम तथा अनलाइन ठगीमा संलग्न शंकास्पद ३१ जनालाई पक्राउ गरेको छ । यी व्यक्तिले करिब १ लाख ३० हजार अमेरिकी डलरबराबरको ठगी गरेको प्रहरीको आशंका छ ।

गत जुलाईमा एक जना लिउ नाम बताउने व्यक्तिले स्थानीय प्रहरीसमक्ष अनलाइनमा भेटिएकी एक किशोरीमार्फत आफू ठगिएको उजुरी गरेका थिए । लिउले ती किशोरीसँग १२ दिनसम्म अनलाइन कुराकानी गरेको बताएका थिए ।

ती किशोरीको आग्रहमा आफूले एउटा लगानी फर्ममा १ हजार चिनियाँ मुद्रा युआन पठाएको लिउले बताएका थिए, तर एक साता नपुग्दै उनलाई ५ हजार युआन कमाएको भनिएको थियो । लिउलाई आफूले कमाएको रकम झिक्न सेवा शुल्क बुझाउन भनियो, तर सेवा शुल्क बुझाए पनि उनले पैसा पाएनन् र उनकी अनलाइन किशोरी पनि बेपत्ता भइन् ।

विस्तृत अनुसन्धानपश्चात् प्रहरीले शेन्जेन र बेइजिङका साथै हेनान र हुबे प्रान्तबाट ३१ जनालाई पक्राउ गरेको  हो । किशोरीको नक्कली नाममा पुरुषहरूले नै प्रेममय सम्बन्ध गाँसेको प्रहरीले बताएको छ । त्यसपछि नक्कली फर्ममा लगानी गर्न मानिसहरूलाई उक्साउने गरेको अनुसन्धानमा खुलेको थियो । प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ