काठमाडौं– धामीझाँक्रीका काममा दखल बढाई शक्तिशाली हुने अन्धविश्वासमा परी देवीदेवताको नाममा नरबलिका रूपमा एक बालकको हत्या गरिएको छ । मिथिला नगरपालिका–६ का शम्भुकुमार साहका छोरा साढे दुई वर्षीय आर्यन भनिने समीरकुमार साहको हत्या गरिएको हो । हत्या गर्ने धनुषा जिल्ला मिथिला नगरपालिका–६ का फेकु महतोका छोरा ५५ वर्षीय शत्रुधन महतोलाई प्रहरीले पक्राउ गरी बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
राजधानी दैनिकमा खबर छ । गत वैशाख २३ गते बेलुका ५ बजे महतोले आफ्नो घरको ढोकामा फूलको बोटनजिक खेलिरहेको अवस्थामा ती बालकलाई ललाइफकाइ अपहरण गरी आफ्नै घरमा बन्धक बनाएका थिए । त्यसको भोलिपल्ट २४ वैशाखको राति २ बजेतिर चमेनिया माय भन्ने देवताका नाममा आफ्नै घर आँगनमा धारिलो हतियारले बालकको घाँटी रेटी मारेको प्रहरीले जनाएको छ ।
हत्यापछि महतोले बालकको शवलाई उनकै घर पछाडि रहेको कृष्णनन्दन महतोको रूख बिरुवासहितको खेतको झारीमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । महतोले विगत दुई वर्षदेखि धामीझाँक्री सिक्दै आएका थिए ।
बिरामी हुँदासमेत झाँक्री महतोले आर्यनलाई बेलाबेलामा झारफुक गर्दै आएका कारण बालकलाई फकाउन महतोलाई सजिलो भएको बताइएको छ । झाँक्रीको घर बालक आर्यनको घरबाट करिब सय मिटरको दूरीमा रहेको छ । बालक आर्यनका बुबा वैदेशिक रोजगारमा छन् । बालक आर्यन आमाबुबाको एक्लो छोरा थिए ।
मृतक बालककी आमा रेणुदेवी साह घाँस काट्न गएको अवस्थामा घरमा कोही नभएको मौका छोपी महतोले बालकलाई ललाइफकाइ अपहरण गरी बन्धक बनाएका थिए । मृतकका हजुरबुबा पीताम्बर साहले महतोका नाममा अपहरण गरी शरीर बन्धक राखी मारेको ज्यानसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी निवेदन दिएका थिए ।
सोही निवेदनका आधारमा महतोलाई बुधबार उनकै घरबाट पक्राउ गरिएकोे धनुषाका प्रहरी प्रमुख शेखर खनालले बताए । महतोले अपराध स्वीकार गरेको र उनीबाट धारिलो हतियार एक थान, घटना वारदातको बखत लगाएको गन्जी एक थान, गम्छा एक थान र धोती एक थान बरामद गरिएको प्रहरी उपरीक्षक खनालले जानकारी दिए ।
सम्बन्धित खबर
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
स्याङ्जामा पहिलो नेपाली नागरिकताको पुनः प्राप्ति
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति