सधैँ दर्शकलाई भावुक बनाउने पुश्कल शर्माले सुपारीका दानाबाट सबैलाई नचाए

सधैँ दर्शकलाई भावुक बनाउने पुश्कल शर्माले सुपारीका दानाबाट सबैलाई नचाए

puskal sharma

सेन्टी गीतका राजा लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको निकै फरक धारको गीत सुपारीका दाना भर्खर मात्र सार्वजनिक भएको छ । पछिल्लो समयकी चर्चित गायिका मेलिना राई र पुश्कल शर्माको आवाज रहेको निकै मौलिक सो गीतमा खोट लगाउने कुनै पनि ठाँउ छैन ।

यस अगाडी सबै दर्शकलाई भावुक बनाउने लोकप्रिय मोडलहरु सारिका केसी र पुश्कल शर्माले यो पटक भने आफ्ना शुभचिन्तकहरुलाई रमाइलो बनाउने छ । पुश्कल शर्माको लय तथा शब्द सिर्जना रहेको सो गीतमा काजिश श्रेष्ठले निकै मेहनत गरेर निर्देशन गरेका छन भने दिपक विष्टले सम्पादन गरेका छन ।

विगतमा रुवाउने गीत सार्वजनिक गर्ने शर्मालाई यो पटक भने स्रोता दर्शकले फरक रुपमा रुपमा देख्दा कत्तिको मन पराउने हुन या होइनन् त्यो भने भविश्यलेनै देखाउने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ