गलत सूचना फैलाएको भन्दै अदालतले सुनायाे पत्रकारलाई दुई वर्षको जेल सजाय

गलत सूचना फैलाएको भन्दै अदालतले सुनायाे पत्रकारलाई दुई वर्षको जेल सजाय

Jason_Rezaian_wapo_journalist_reuters_CiVTEVuiDg

एजेन्सी-सर्वोच्च नेताविरूद्ध गलत सूचना फैलाएको भन्दै इरानी अदालतले एक पत्रकारविरूद्ध दुई बर्षको जेल सजाय सुनाएको छ । जेल सजाय सुनाइएका ती पत्रकारलाई इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी तथा इरानी अधिकारीविरूद्ध ‘गलत सूचना फैलाएको’ र ‘अपमानित’ गरेको अभियोग लगाइएको हो ।

अदालतले अर्का पत्रकार मासौद खाजेमीलाई आगामी दुई बर्ष ‘मेडीया गतिविधि’मा सम्लग्न हुनमा समेत रोक लगाएको पत्रकारको पक्षबाट मुद्दा लडेका वकील मोजताहेद जादेहलाई उद्धृत गरी इरानको राज्य सञ्चालित समाचार संस्था (आइआरएनए) ले बताएको छ ।

 आदेशमा पत्रकार खाजेमीमाथिका अभियोगबारे प्रष्टरूपमा अन्य विवरण उपलब्ध गराइएको छैन । सुधारवादी पक्षधर एक दैनिक पत्रिका शार्घका रिपोर्टर र सेडा–ऐ–पार्सी मासिक पत्रिकाका प्रधानसम्पादकसमेत रहेका यीखाजेमीलाई दुई हप्ता पहिले पक्राउ गरी अनुसन्धान थालिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ