१३ जना बोकेको भारतीय वायु सेनाको जहाज हरायो

१३ जना बोकेको भारतीय वायु सेनाको जहाज हरायो

indian_air_force_an32_missing

भारतीय वायु सेनाको एउटा जहाज सोमबार दिउँसो हराएको छ। पूर्वी भारतको असमको एक सैन्य बेस क्याम्पबाट ८ जना चालक दलका सदस्य र पाँच यात्रु बोकेको उक्त जहाज  सोमबार दिउँसो १ बजेदेखि हराइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उक्त जहाज अरूणाञ्चलको मेचुका उपत्यकाका लागि उडेको थियो । टेक अफ भएको केहीबेरमै जहाज सम्पर्कविहीन भएपछि खोजी कार्य भइरहेको छ  । मेचुका उपत्यका अरूणाञ्चलमा चिनियाँ सीमानजिकै पर्छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ