महिला यात्रुका लागि निःशुल्क बस सेवा दिने सरकारको घोषणा

महिला यात्रुका लागि निःशुल्क बस सेवा दिने सरकारको घोषणा

delhi

नयाँ दिल्ली । दिल्ली सरकारले दिल्लीको सरकारी बसमा४० यात्रा गर्नेे महिला यात्रुका लागि निःशुल्क सेवा दिने घोषणा गरेको छ । दिल्लीका मूख्यमन्त्री अरबिन्द केजरीवालले डीटीसी,क्लस्टर बस तथा मेट्रोमा यात्रा गर्ने महिला यात्रुलाई निःशुल्क यात्रा गराउने बताएका हुन् । उनले भनेका छन् यो नियम दुई देखि तीन महिना भित्र लागू गराइनेछ ।

उनले अगाडि भनेका छन् कोहि पैसा तिरेर यात्रा गर्न चाहन्छ भने केही छैन तर सरकारले महिलाको लागि दिएको यो सुविधा हरेकले प्रयोग गर्न सक्नेछन् जसका लागि खर्चको ब्यवस्था सरकारले गरिसकेको छ ।यसका लागि ७ अर्ब देखि ८ अर्बसम्म खर्च लाग्ने बताइएको छ ।

दिल्लीका सरकारी बसमा हरेक दिन ४० देखि ५० लाख यात्रुले यात्रा गर्ने गर्दछन् । जसमध्ये ३० प्रशित महिला यात्रु पर्दछन् । दिल्ली सरकारले गरेको यो निर्णयले महिला सुरक्षामा पनि सहयोग पुगने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ