सारेगमपमा नेपाली बाल प्रतिभाको धमाका, आयुष र प्रितम पुगे फाइनलमा (भिडियो)

सारेगमपमा नेपाली बाल प्रतिभाको धमाका, आयुष र प्रितम पुगे फाइनलमा (भिडियो)

sdgg

भारतीय गायन रियालिटी सो सारेगमपमा नेपाली बाल प्रतिभाले धमाका मच्चाएका छन् । नेपाली बाल गायक आयुष केसी र प्रितम आचार्य सारेगमपको फाइनलमा प्रवेश गरेका हुन्। फाइनलमा ६ जना प्रतिस्पर्धीबीच गायन प्रतिस्पर्धा हुनेछ ।

आयुष भक्तपुरका हुन भने प्रितम इटहरीका हुन्। जी टिभीमार्फत प्रत्येक हप्ताको शनिबार र आइतबार सारेगमप प्रसारण हुने गर्दछ। यहाँ भारतका चर्चित गायक तथा संगीतकार निर्णायकको भूमिकामा छन् । आयुषले यसहप्ता ‘तुम मिले’ भन्ने गीत गाएका थिए भने प्रितमले ‘तडप तडप के इस दिलसे’ भन्ने गीत गाएका थिए।

दुवैको गीतमा निर्णायकले सत प्रतिशत स्कोर दिएका थिए। दुवैले स्ट्यान्डिङ ओभियसन पाएका थिए। आयुष र प्रितमले गीत गाइसकेपछि निर्णायकहरु दुवैलाई अंकमाल गर्न स्टेजमै पुगेका थिए । समान १२–१२ वर्ष पुगेका आयुष र प्रितम नेपाली गायन कार्यक्रम सुरसाला आइडलका क्रमश विजेता र उपविजेता समेत हुन्। सुरसालामा कडा प्रतिस्पर्धामा उत्रेका दुवै हाल सारेगमपमा समेत कडा प्रतिस्पर्धामा उत्रिएका छन्।

दुवैले भारतीय बाल गायकलाई कडा टक्कर दिइरहेका छन्। सन् २००० अर्थात् १९ वर्ष अगाडि श्रेया घोसाल सारेगमपकी विजेता बनेकी थिइन्।

(भिडियो)

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ