स्पेनमा बस्ने ठग, नेपालमा ठगिने युवती

स्पेनमा बस्ने ठग, नेपालमा ठगिने युवती

thag_zg8nvwojn6

सामाजिक सञ्जालको माध्यमबाट खास गरी युवतीलाई सम्पर्क गरी युरोप, अमेरिका पठाउने भन्दै लाखौँ रुपियाँ संकलन गरेर सिन्धुपाल्चोकका एक युवा स्पेन पलायन भएका छन् ।

विभिन्न नाममा नक्कली विद्युतीय ठेगाना (आईडी) खोलेर युवतीहरूलाई विदेशमा राम्रो अवसर छ भन्दै शृंखलाबद्धरूपमा ठगी गर्दै आएका सिन्धुपाल्चोक पटाप घर भई केही समयअघिसम्म जोरपाटी बस्दै आएका ती व्यक्तिको नाम हो कृष्ण दंगाल । उनी हाल स्पेनको पाइसभास्को राज्यको प्रोभेन्सियाको बिलवाउमा बस्दै आएको बुझिएको छ ।

विशेष गरी अविवाहित युवती र श्रीमान् नेपाल नभएका महिलाहरूसंँग सामाजिक सञ्जालमार्फत साथी बनाउने तथा आफू स्पेनमा बस्दै आएको र स्पेनमा रोजगारीका लागि कुनै समस्या नभएको भन्दै ठगी गरेको तथ्य फेला परेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले जनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा दीपक रिजालले लेखेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds