पाँच वर्षका बालकलाई तेस्रो तलाबाट फाल्ने व्यक्तिलाई १९ वर्षको जेल सजाय

पाँच वर्षका बालकलाई तेस्रो तलाबाट फाल्ने व्यक्तिलाई १९ वर्षको जेल सजाय

Aranda-has-been-sentenced-to-19-years

एजेन्सी : पाँच वर्षका बालकलाई भवनको तेस्रो तलाबाट फालेका एक अमेरिकीलाई १९ वर्षको जेल सजाय भएको छ । अमेरिकाको अदालतले २४ वर्षका इम्यानुएल एरान्डा नाम गरेका व्यक्तिलाई जेल सजाय सुनाएको हो ।

ती व्यक्तिले मिनेसोटा मलको तेस्रो तलबाट ल्यान्डेन नाम गरेका पाँच वर्षका बालकलाई फालेका थिए । स्थानीय अदालतले सोमबार सजाय सुनाएको हो । झण्डै ४२ फिट माथिबाट फालिएका बालक बाच्न सफल भएका थिए ।

घटना गएको अप्रिल १२ मा भएको हो । बालकको छाउकोमा चोट लागेको थियो भने हड्डीहरु भाँच्चिएका छन् । इम्यानुएलले मिनेसोटा मलमा वयश्क व्यक्तिलाई नै हत्या गर्ने योजना बनाएका थिए । तर त्यसमा असफल भएपछि बालकलाई फालेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ