वर्षाको लुगाको विषयमा श्रीमान सन्जोगले भनेः दुनियाँले जे भनुन्, म तिम्रो साथमा छु

वर्षाको लुगाको विषयमा श्रीमान सन्जोगले भनेः दुनियाँले जे भनुन्, म तिम्रो साथमा छु

barsa

हाल नायिका बर्षा राउतको पहिरनको विषयलाई लिएर खुबै ट्रोल बनिरहेको छ । केहीले प्रशंसा गरिरहेका छन् भने केहीले आलोचना गरिरहेका छन् । नेपालमा ख्याती कमाएको चलचित्र ‘जात्रै जात्रा’ को प्रदर्शनका लागि वर्षा चलचित्रको टिमसँग अस्ट्रेलियामा पुगेकी छिन् ।

अस्ट्रेलियामा पुगेकी वर्षाको फोटोहरु सार्वजनिक भएसँगै उनको ट्रोलहरु बनिरहेको हो। मानिसहरुले उनको पहिरनको विषयलाई लिएर मिश्रित प्रतिक्रिया जनाइरुहेका छन्। यसै क्रममा वर्षाका श्रीमान सन्जोग कोइरालाले आफ्नी श्रीमतीको बचाउ गरेका छन्। उनले दुनियाँले जे भने पनि आफू वर्षाको साथमा भएको फेसबुक पोस्टमार्फत बताएका छन्।

सन्जोगले फेसबुकमा भनेका छन्,‘म तिमीलाई साहस, आदर र माया दिने प्रतिज्ञा गर्दछु। म तिम्रो समर्थनमा साथ दिनेछु, अप्ठेरो समयमा साथ हुनेछु। जटिल परिस्थितीमा समेत माया गर्नेछु। तिमीलाई खुशीले साथ दिनेछु, हामीसँगै रमाउला। तिमीले सँधै सही बोल्नै छैनौं र सही गर्ने छैनौं। तर ठिक छ। तिमी यहाँ सही हुनलाई हैन वास्तविक हुनलाई छौं।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ