काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अफिसमा काम गर्दैगर्दा थकान महसुस हुने र निन्द्रा नै लाग्ने समस्यालाई एककिसिमको बिरामीको संज्ञा दिएको छ । माथिल्लो तहको कर्मचारीको दबावमा काम गर्नुपर्दा हुने महसुस हुने थकानबाट लाग्ने निन्द्रा बिमारी जस्तै हो भनी संगठनले उल्लेख गरेको छ । यसलाई उसले बर्न आउटको संज्ञा दिएको छ । यस बिरामीलाई विभिन्न श्रेणीमा राखेर जाँच गर्न सकिने संगठनले बताएको छ । केहि दिन अगाडि डब्लुएचओले भिडियो गेम खेल्ने लतलाई पनि मानसिक विमारीको संज्ञा दिएको थियो ।
बर्न आउट यस्तो बिरामी हो जुन कार्य क्षेत्रमा धेरै तनावको कारण शरीरमा बोझ भएर हुने गर्दछ । विशेषज्ञले यसलाई एक प्रकारको सिंड्रोम भनेका छन् । बर्न आउटको उपचार अहिलेसम्म नभएको तर एक प्रकारको बिरामीको संज्ञा दिइएको बताइएको छ । काममा दबावका कारण यो रोगले महामारी लिएको विज्ञहरुको भनाई छ ।
बर्न आउट
१. शरीर बेस्सरी थाकेर शक्ति नमिल्नु
२. अफिसमा काम गर्न फोकस गर्न नसक्नु । काम गर्दा नकारात्मक भावना पैदा हुनु ।
३. काम गर्ने क्षमता घट्नु
बर्न आउटबाट कसरी छुट्कारा पाउने
१. काम गर्दाको समयमा काममा रुची नहुने, खाना नरुच्ने, जाँड, रक्सी, ड्रगको सेवन गर्न मन लाग्ने र कुरा गर्दा मनमा रिस उठ्ने सो रोगको लक्षण रहेको बताइएको छ ।
२. यस रोगको लक्षण स्ट्रेस, मुटु सम्वन्धि रोग, मधुमेहको विरामीलाई असर गर्ने बताइएको छ ।
३. यदी तपाईँलाई बर्न आउट रोगले ग्रस्ता पारेको छ भने आफ्नो कार्यक्षेत्रको प्रमुखलाई जानकारी गराऔं र समाधान निकालौं ।
४. अफिसमा काम गर्दै गरेका सहकर्मचारीको सदस्यबीच पनि तालमेल गरौं र समझदारी गरौं ।
५. योगले तनाव हटाउँछ । गहिरो सास लिएर गरिने योगाले मानसिक र शारीरिक तनाव हटाउँछ ।
६. फलफूल, तरकारी, खाना, पोषण भरिएका तत्व आवश्यक मात्रामा खाने गरौं ।
७. आराम सँग निन्द्रा लिएर अफिसको काम गर्ने गरौं ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह