घरपालुवा कुकुरले टोकेको भन्दै उपचारमा बेवास्ता गर्दा एकको मृत्यु, अर्का मरणको पर्खाइमा

घरपालुवा कुकुरले टोकेको भन्दै उपचारमा बेवास्ता गर्दा एकको मृत्यु, अर्का मरणको पर्खाइमा

death dog

तीन महिनाअघि घरपालुवा कुकुरले टोकेर रेबिज लागेकी एक महिलाको मृत्यु भएको छ । गोरखाकी ८६ वर्षीया महिलाको रेबिजका कारण आइतबार मृत्यु भएको हो ।

उनलाई उपचारका लागि काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ल्याइएको थियो । अस्पतालले उनको रोग निको नहुने बताउँदै उनलाई डिस्चार्ज गरेको थियो। घरपुगेपछि उनको मृत्यु भएको हो। यो खबर आजको नागरिकमा पवित्रा सुनारले लेखकी छन्।

महिलाको मृत्यु भएलगत्तै सोमबारै अस्पतालमा सिन्धुलीका ५३ वर्षीय पुरुष रेबिज उपचारका लागि आएका थिए। उनलाई पनि अस्पतालले उपचार नहुने बताउँदै घर फर्काइदिएको छ  । अस्पतालका अनुसन्धान विभाग संयोजक डा।. शेरबहादुर पुनका अनुसार रेबिज निको नहुने रोग हो।

उनका अनुसार दुवै बिरामीका परिवारले उपचार नहुने भएपछि सहज मृत्युका लागि लगेका हुन् । दुवै बिरामीलाई तीनरचार महिनाअघि घरपालुवा कुकुरले टोकेका थिए ।  घरपालुवा कुकुर भन्दै दुवै बिरामीले उपचारमा बेवास्ता गरेपछि रेबिज लागेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ