गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाडौं । बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण ठेक्का पाएकाे चिनियाँ कम्पनी ‘चाइना गेजुवा ग्रुप कर्पोरेसन’ (सीजीजीसी) आयाेजना नबनाउने मुडमा पुगेकाे छ । नेपालका नेताहरुलाई रिझाएर ‘लागत बढाउने चलखेल’ गर्न खाेजे पनि साे प्रस्तावमा असफल हुने देखिँदा गेजुवा आफै आयोजनाबाट पछि हटेकाे हाे ।
बिनाप्रतिस्पर्धा आयोजनाकाे ठेक्का पाएकाे गेजुवा करिब ६ महिना अघिबाटै सम्पर्कविहीन भएकाे छ । सरकारी सम्पर्कमा नआएपछि आयोजना निर्माणमा थप अन्योल बढेको हाे । सरकारले भने आगामी आर्थिक वर्षकाे बजेटमार्फत यस आयाेजनाका लागि भनेर १३ अर्ब रकम छुट्याएकाे छ ।
१२ सय मेगावाट क्षमताकाे याे आयाेजनाकाे मुआब्जा वितरण लगायत काम सम्पन्न भइरहेकाे र निर्माण सम्झौता मात्र हुन बाँकी रहेकाे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अधिकारीहरु बताउँछन् । तर गेजुवा आफै सम्पकर्कविहीन हुनुले ऊ आयाेजना अघि नबढाउने मुडमा रहेकाे अधिकारीकाे बुझाइ छ । मन्त्रालयका अनुसार गएको पुस ४ गते गेजुवाका प्रतिनिधिसँग अन्तिम पटक छलफल भएको थियो । त्यसयता आयाेजनाबारे कुनै छलफल भएकाे छैन । यद्यपि आयाेजनाबाट पछि हटिसकेकाे आैपचारिक घाेषणा भने गेजुवाले गरेकाे छैन ।
गेजुवाले नेपालका उच्च राजनीतिक नेतृत्वलाई प्रभावमा पारी बिनाप्रतिस्पर्धा आयोजना हात पार्न सफल भए पनि यसकाे लागत बढाउने दाउ खाेजिरहेकाे थियाे । उसको आर्थिक–प्राविधिक प्रस्तावमा ऊर्जा मन्त्रालय सहमत भएमा मात्र अघि बढ्ने सर्त अघि सारेकाे थियाे । तर मन्त्रालयले सर्त मान्न मञ्जुर नगरेपछि गेजुवा सम्पर्कमा नआएकाे बुझिएकाे छ ।
गेजुवाले आयाेजनाकाे क्षमता समेत घटाएर ९०० मेघावाट बनाउन प्रस्ताव गरेकाे तथा आयाेजनाकाे डिजाइन परिवर्तन गर्नुका साथै लागत बढाउन खाेजेकाे मन्त्रालयका अधिकारीहरुकाे भनाइ छ । तर ऊर्जा मन्त्रालयले भने सीजीजीले गर्ने प्राविधिक र आर्थिक प्रस्ताव सर्वप्रथम ऊर्जा मन्त्रालयले स्वीकृत गर्नुपर्ने र साे प्रस्ताव स्वीकृत भएमा नेपाल सरकारको थप कुनै आर्थिक र कानुनी दायित्व नहुने, मन्त्रालयले तोकेभन्दा बढी लागत नबेहोर्ने अडान कायम राखेकाे थियाे । साथै स्वीकृत डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) भन्दा डिजाइन परिवर्तन गर्न नपाइने लगायत सर्तमा मन्त्रालय अडिग रहेपछि गेजुवाले आफू अनुकूल आयाेजना घुमाउन नसक्ने देखेर सम्पर्कबाहिर गएकाे हाे ।
दाेस्राेपटक प्रधानमन्त्रीका रुपमा केपी शर्मा आेली आएपछि गत असाेजमा बिनाप्रतिस्पर्धा सीधै गेजुवालाई साे आयाेजना बनाउन दिने निर्णय गरिएकाे थियाे । आेली नेतृत्वमा नेकपाको सरकार गठन भएदेखि नै गेजुवाले आयाेजनामा बिनाप्रतिस्पर्धा आफूले पाउनुपर्ने प्रस्ताव ऊर्जा मन्त्रालयमा गरेकाे थियाे तर मन्त्रालयले वास्ता नगरेपछि प्रम आेलीकै ठाडो निर्देशनमा असाेज ७ गते साे निर्णय गरिएकाे थियाे ।
त्यसअघि पनि पुष्पकमल दाहाल (प्रचण्ड) को प्रधानमन्त्रीत्वकालको अन्तिमताका साे आयोजना गेजुवालाई नै दिने सम्झौता भएको थियो । प्रचण्डपछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकारले भने सो सम्झौता खारेज गरेर आयाेजना स्वदेशी लगानीमै बनाउने भनियाे । यद्यपि त्यसबीचमा उक्त आयाेजना देउवाले भारतलाई दिन लागेकाे हल्ला समेत चलेकाे थियाे ।
यसैबीच, सोमबार बसेको राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकले आयोजनाको क्षमता नघटाउन निर्देशन दिएको छ । समितिले १२ सय मेगावाट क्षमतामै आयोजना निर्माण गर्नुका साथै चाँडै मुआब्जा निर्धारण गर्न पनि निर्देशन दिएको हाे । गेजुवाकै इशारामा ऊर्जामन्त्री वर्षमान पुनले केही महिनाअघि बसेको प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा आयोजनाको क्षमता १२ सयबाट घटाएर ९ सय मेघावाट बनाउनु उपयुक्त हुने तर्क दिएका थिए ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ