जाजरकोट –डोल्पाको पाटनमा यार्सागुम्बा संकलनका लागि गएका आठ जनाको मृत्यु भएको छ । अधिकांशको मृत्यु लेक लागेर र केहीका भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । यार्सा संकलनका लागि जाँदै गर्दा शेफोक्सुण्डो गाउँपालिकाको लामा डाँडालेकमा लेक लागेर जुम्ला पतारासी गाउपालिका ६ का १७ वर्षीय गोपाल विष्टको मृत्यु भएको हो ।
यस्तै जेठ १० गते कागमारास्थित लेकमा भिरबाट लडेर जुम्ला गोठीचौर गाउँपालिका ४ का ४४ वर्षीय जयकृण पाण्डे मृत्यु भयो । जेठ १६ गते ग्यालवारा पाटनमा भीरबाट लडेर डोल्पा ठूलीभेरी नगरपालिका ११ वर्ष ३८ की बुद्धिकुमारी कार्कीको निधन भयो। जेठ १७ गते शेफोक्सुन्डो गाउपालिकाको प्यारीकोप्कामा लेक लागेर जाजरकोटका बारेकोट गाउँपालिका ६ का २२ वर्षीय रमेश चलाउनेको मृत्यु भयो। जेठ १८ गते लेक लागेर जाजरकाटको बारेकोट गाउँपालिका १ का १८ वर्षीय कृष्ण विकको निधन भएको थियो।
त्यस्तै डोल्पो बुद्ध गाउँपालिकाको ताक्सी लेकमा जेठ २० मा लेक लागेर रुकुम पश्चिम आठविसकोट नगरपालिका ९ का ३९ वर्षीय कृष्णबहादुर शाहीको निधन भयो। जेठ १९मा ग्यालवारा पाटनमा डोल्पा ठूलीभेरी नगरपालिका ५ की ४० वर्षीया धनकला बुढाको मृत्यु भयो। यस्तै चिसोको कारण यही जेठ २० गते काइके गाउपालिकाको व्यास रिखीमा कान्छी विकको नवजात शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय डोल्पाले जनाएको छ ।
फोनको पहुँच नभएका कारण के कति बिरामी छन् र कहाँ के भइरहेको थाहा हुन नसकेको जनाइएको छ । यार्सा संकलनकर्ताको स्वास्थ्यलाई ध्यान दिएर नौ ठाउँमा स्वास्थ्य शिविर राखिएको छ । शिविरहरूमा घाइते र बिरामीको उपचार भइरहेको छ। डोल्पाका ७० भन्दा बढी पाटनमा यार्सागुम्बा संकलन भइरहेको छ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट