जाजरकोट –डोल्पाको पाटनमा यार्सागुम्बा संकलनका लागि गएका आठ जनाको मृत्यु भएको छ । अधिकांशको मृत्यु लेक लागेर र केहीका भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । यार्सा संकलनका लागि जाँदै गर्दा शेफोक्सुण्डो गाउँपालिकाको लामा डाँडालेकमा लेक लागेर जुम्ला पतारासी गाउपालिका ६ का १७ वर्षीय गोपाल विष्टको मृत्यु भएको हो ।
यस्तै जेठ १० गते कागमारास्थित लेकमा भिरबाट लडेर जुम्ला गोठीचौर गाउँपालिका ४ का ४४ वर्षीय जयकृण पाण्डे मृत्यु भयो । जेठ १६ गते ग्यालवारा पाटनमा भीरबाट लडेर डोल्पा ठूलीभेरी नगरपालिका ११ वर्ष ३८ की बुद्धिकुमारी कार्कीको निधन भयो। जेठ १७ गते शेफोक्सुन्डो गाउपालिकाको प्यारीकोप्कामा लेक लागेर जाजरकोटका बारेकोट गाउँपालिका ६ का २२ वर्षीय रमेश चलाउनेको मृत्यु भयो। जेठ १८ गते लेक लागेर जाजरकाटको बारेकोट गाउँपालिका १ का १८ वर्षीय कृष्ण विकको निधन भएको थियो।
त्यस्तै डोल्पो बुद्ध गाउँपालिकाको ताक्सी लेकमा जेठ २० मा लेक लागेर रुकुम पश्चिम आठविसकोट नगरपालिका ९ का ३९ वर्षीय कृष्णबहादुर शाहीको निधन भयो। जेठ १९मा ग्यालवारा पाटनमा डोल्पा ठूलीभेरी नगरपालिका ५ की ४० वर्षीया धनकला बुढाको मृत्यु भयो। यस्तै चिसोको कारण यही जेठ २० गते काइके गाउपालिकाको व्यास रिखीमा कान्छी विकको नवजात शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय डोल्पाले जनाएको छ ।
फोनको पहुँच नभएका कारण के कति बिरामी छन् र कहाँ के भइरहेको थाहा हुन नसकेको जनाइएको छ । यार्सा संकलनकर्ताको स्वास्थ्यलाई ध्यान दिएर नौ ठाउँमा स्वास्थ्य शिविर राखिएको छ । शिविरहरूमा घाइते र बिरामीको उपचार भइरहेको छ। डोल्पाका ७० भन्दा बढी पाटनमा यार्सागुम्बा संकलन भइरहेको छ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ