श्यामशितल परियार, लमजुङ ः भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले व्यावसायिक रुपमा भैँसीपालन गर्दै आएका जिल्लाका किसानलाई निःशुल्क उन्नत ‘मुर्रा’ जातको राँगा वितरण गरेको छ ।
ब्याडका लागि ६ वटा उन्नत जातको राँगा वितरण गरिएको केन्द्रका पशु विकास अधिकृत खिला शर्मा घिमिरेले बताए । उहाँका अनुसार उन्नत जाँतका राँगाको विमा गराएर वितरण गरिएको हो ।
जिल्लाको दूधपोखरी गाउँपालिका–२ विचौरको हिमचुली कृषि सहकारी संस्था, मस्र्याङदी गाउँपालिका–९, को भुजेल कृषि फार्म, सुन्दरबजार नगरपालिका–६, को के.सी. भैंसी फार्मका साथै सुन्दरबजार नगरपालिका–४, दुराडाँडाको शिद्धेश्वर कृषक समूह, राइनास नगरपालिका–१०, बोराङखोलाको ठुलिपोखरी भैंसीपालन समूह, मध्यनेपाल नगरपालिका–१, जिताको उज्वल भैंसी फार्मलाई उन्नत जातको राँगा वितरण गरिएको उहाँले जानकारी दिए ।
उनका अनुसार ब्याड राँगाको आवश्यकता परेका किसान तथा किसान समूहको निवेदनको आधारमा छनौट गरी उनीहरुलाई निःशुल्क राँगा वितरण गरिएको हो ।
‘उन्नत जातको राँगामा प्रजनन क्षमता बढी हुन्छ । उन्नत जातको राँगा लगाएका भैंसीको दूध उत्पादन बढी हुन्छ,’ उनले भने, ‘किसानलाई व्यवसायिक बनाउन सहयोग गरिएको हो ।’
‘उन्नत जातको राँगाको प्रजनन क्षमता बढी हुन्छ । किसानले धेरै दूध उत्पादन गरी बिक्रीबाट मनग्य कमाउन सक्छन् । ब्याडको रुपमा राख्दा आम्दानी पनि हुन्छ’ उनले भने ।
राइनास नगरपालिका–१०, बोराङखोला ठुलिपोखरी भैंसीपालन समूहका रुद्रप्रसाद न्यौपानेले उन्नत जाँतको राँगा ब्याडको रुपमा पाल्ने बताए ।
‘अहिले उन्नत जातको राँगा पाएका छौं । अब राँगा खोज्दै हिँड्नु परेन । गाउँलेको भैंसीलाई समेत सेवा दिन सकिने भयो । आम्दानी पनि हुने भो,’ उनले भने ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ