गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
धनगढी । समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले समानुपातिक समावेशी व्यवस्थाका सन्दर्भमा संविधानको धारा ४२.१ र निजामति सेवासम्बन्धी प्रचलित कानुनविपरीत लोक सेवा आयोगले गत जेठ १५ गते ९ हजारभन्दा बढी पदहरूका लागि गरेको विज्ञापन प्रतिगामी भएकाले खारेज हुनुपर्ने बताएका छन् ।
उनले यो कुरा पार्टी एकताको उपलक्ष्यमा बुधबार धनगढीमा आयोजित कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा बताएको हो । सांसद समेत रहेका श्रेष्ठले संविधानको धारा २४४ ले संघ र प्रदेश दुई तहमा लोक सेवा आयोगको व्यवस्था गरेको र धारा २२७ ले गाउँपालिका र नगरपालिकाको कर्मचारी भर्ना सम्बन्धी व्यवस्था प्रदेश कानुनबमोजिम हुने प्रष्ट व्यवस्था गरेकाले कर्मचारी समायोजन ऐनको दफा १२ को आधारमा लोक सेवा आयोगले गरेको विज्ञापन असंवैधानिक भएको बताए । उनले स्थानीय सेवाको व्यवस्थापनका लागि प्रत्येक प्रदेशमा प्रदेशभित्रकै नागरिकहरूबिच प्रतिस्पर्धा हुने गरी प्रचलित समानुपातिक समावेशी सिद्धान्तको आधारमा विज्ञापन हुनुपर्नेमा जोड दिए ।
नेता श्रेष्ठले नेपालमा संघीयता, समानुपातिकता र समावेशिता आवश्यक हुनुको मुख्य कारण नै वहिस्करणमा परेका आदिवासी जनजाति, मधेसी, खस, शिल्पी, थारु, मुस्लिम, अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायहरूलाई मूलधारमा ल्याउनका लागि हो भन्दै प्रधानमन्त्री ओलीले संघीयताको नाममा केन्द्रिकृत शासन लागू गर्न खोजेको र समाजवादको नाममा आफ्नो हातमा सत्ता केन्द्रित गर्दै अधिनायकवादी ढंगले शासन गर्न खोजेको बताए ।
उनले भारतको पश्चिम वंगालमा ३२ वर्ष शासन गर्ने साम्यवादीहरू समेत पतन भएको बताउँदै ओलीको राज्य नियन्त्रित समाजवाद लागू गर्ने सपनाले आउने निर्वाचनमा नेपालमा पनि जनताले “नेकपालाई श्रद्धाञ्जली” दिने बताए ।
नेता श्रेष्ठले उक्त अभिमुखीकरण कार्यक्रममा नेपाली कांग्रेसले अगाडी सारेको लोकतान्त्रिक समाजवाद तथा नेपाल कम्युनिष्ट पार्टीले अगाडी सारेको समाजवादउन्मुख जनताको जनवादले नेपालको वहुराष्ट्रितालाई नजरअन्दाज गरेको हुँदा उनीहरू पटक पटक सत्तारुढ हुँदा पनि नेपाली समाज विभेदबाट मुक्त हुन नसकेको र नेपालका श्रमजीवी वर्ग पनि भोक, रोग र गरिवीबाट मुक्त हुन नसकेको बताए ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका
पत्रकार महासंघका पूर्व सदस्य बास्तोलाको निधन
विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक डा. देवीलाल शर्मालाई कारबाही
धादिङबाट पोखरा आउँदै गरेको ईभी माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु