श्रमतीले अर्कै विवाह गरेपछि आफ्नै १३ बर्षिया छोरी बलात्कार गर्ने बाबुलाई १९ वर्ष जेल

श्रमतीले अर्कै विवाह गरेपछि आफ्नै १३ बर्षिया छोरी बलात्कार गर्ने बाबुलाई १९ वर्ष जेल

नाबालिका छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले बावुलाई १९ वर्ष कैद गर्ने फैसला गरेको छ ।

जिल्ला न्यायाधीश खडानन्द तिवारीको बिहीबार बसेको इजलाशले हेटौंडा उपमहानगरपालिका-१२ का ३७ वर्षीया (नाम परिवर्तित)लाई नाबालिकालाई बलात्कार गरेकोमा ९ वर्ष कैद र हाडनातामा करणी गरेको १० वर्षसहित १९ वर्ष कैद गर्ने फैसला गरेको हो।

साथै ७५ हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने आदेश पनि गरेको छ । १३ वर्षीया बालिकालाई बावुले पटकरपटक बलात्कार गर्नुको साथै यौन दुर्व्यवहार गर्दै आएका थिए।

पछिल्लो पटक बावुले २०७५ पुस २२ गते बलात्कार गरेका थिए। उक्त घटना बालिकाले छिमेकी महिलालाई भनेपछि उक्त अपराध सार्वजनिक भएको हो। नाबालिकाको आमाले दोस्रो विवाह गरेर अन्यत्र गएपछि उनलाई बावुले यौन दुर्व्यवहार र बलात्कार गर्न थालेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ