‘मनसुन मेगा अफर’, ६५० रुपैयाँमा मोबाइल किन्न पाईने, किस्ताबन्दीदेखि उपहारको समेत व्यवथा

‘मनसुन मेगा अफर’, ६५० रुपैयाँमा मोबाइल किन्न पाईने, किस्ताबन्दीदेखि उपहारको समेत व्यवथा

mobile

चाबहिलचुच्चेपाटी स्थित केएल मोबाइलहबमा जेठ २७ गते सोेमबारदेखि २ सातासम्म मनसुन मोबाइल मेगाअफर चल्ने भएको छ । मोबाईल मेला अवधिमा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाइने आयोजकको भनाइ छ। मेलामा बिग सेलअन्तरगत ६५० रुपैयाँमा मोबाइल पाइने जनाइएको छ।

मोबाइलहबका अनुसार मोबाइल मेलामा जुनसुकै ब्राण्डका मोबाइल शून्य प्रतिशत ब्याजदरमा शून्य प्रतिशत डाउन पेमेन्ट तथा ७० प्रतिशतसम्मको छुटमा किन्न सकिन्छ। पुरानो मोबाइलसँग नयाँ मोबाईल साट्ने व्यवस्था पनि मोबाइलहबले मिलाएको छ ।

मोबाइलको ब्राण्ड र मूल्य अनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा मोबाईल खरिद गर्न सकिनेछ।  मेलाअवधिमा मोबाइल खरिद गर्नेले एफक्युब सिनेमाको टिकट निशुल्क पाउने छन् ।

विभिन्न मोडलका मोइबालको खरिदमा आर्कषक उपहारको समेत व्यवथा गरिएको छ । मोबाइल मेला अवलोकन गर्नेहरुलाई समेत आकर्षक गिफ्ट ह्याम्परका साथै गोलाप्रथाबाट प्रत्येक दिन एउटा मोबाइल बितरण गरिने मोबाइलहबले जनाएको छ ।

केएल मोबाइलहब चाबहिलका साथै दरबारमार्गको मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पलवल्र्ड मोबाइल, सिटिसी मल सुन्धाराको भुई तल्लामा रहेको सिटिसी मोबाइल हबमा पनि उल्लेखित अफर सहित मेला सञ्चालनहुने मोबाइलहबको भनाइ छ। जेठ २७ गते सोमबारदेखि सुरु हुने मेला आगामी असार १५ गतेसम्म चल्ने छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ