कैलाली-कञ्चनपुरमा आँधीकाे वितन्डा : २ काे मृत्यु, घाइतेकाे संख्या १०० नाघ्याे (फोटोसहित)

कैलाली-कञ्चनपुरमा आँधीकाे वितन्डा : २ काे मृत्यु, घाइतेकाे संख्या १०० नाघ्याे (फोटोसहित)

attack

कैलाली । बिहीबार साँझदेखि चलेको आँधी (हावाहुरी) का कारण सुदूरपश्चिम प्रदेशकाे तराइँका दुई जिल्ला कैलाली र कञ्चनपुरमा व्यापक क्षति पुर्‍याएको छ । आँधीसँगै भएकाे वर्षाका कारण कैलालीमा २ जनाकाे मृत्यु भएको छ । घाइते संख्या भने १०० भन्दा बढी पुगेकाे छ, तीमध्ये केहीकाे अवस्था गम्भीर रहेकाे छ ।

मृत्यु हुनेमा कैलालीको टिकापुर नगरपालिका- २ का लाहनु चौधरी र गाेेदावरी नगरपालिका- ८ का वीरबहादुर चौधरी रहेका छन् । लाहनुकाे घरकै भित्ता/टिन खसेर लाग्दा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ । उता भने आँधीकै कारण अनियन्त्रित भई टिप्पर र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकका रुपमा रहेका वीरबहादुर चाैधरीकाे मृत्यु भएको हाे ।

पुर्बबाट पश्चिम गइरहेको बा ३ प ३८३६ नम्बरको टिप्परले से १ प ५८५१ नम्बरको मोटरसाइकललाइ ठक्कर दिएकाे थियाे ।

साे आँधीहुरीका कारण घााइते हुनेमध्ये अधिकांशकाेे सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । कैलालीमा मात्रै हालसम्म ८१ जना घाइते भएकाे विवरण जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएकाे छ । यीमध्ये ४ जनाको अवस्था गम्भीर रहेकाे छ ।

गम्भीर घाइते हुनेमा गोदावरी नगरपालिका–२ का जनक मल्ल, उनको छोरा गौतम मल्ल रहेका छन् । उनीहरुलाई उपचारका लागि भारत रेफर गरिएएको छ । सेची अञ्चल अस्पतालमै उपचाररत धनगढी उपमहानगरपालिका–१२ की सरीता जोशी र धनगढी उपमहानगरपालिका–२ की शिवचना चौधरीकाे अवस्था पनि गम्भीर रहेकाे छ ।

कञ्चनपुरमा भने २३ जना घाइते भएको विवरण प्राप्त भएकाे छ । जिल्ला प्रहरी कार्यालय भामदत्तनगरका डीएसपी ज्ञानबहादुर विष्टका अनुसार घाइते हुनेमा बालबालिका, महिलाहरु लगायत रहेका छन् । सामान्य घाइते १५ जना डिस्चार्ज भइसकेका छन् भने ८ जनालाई धनगढी रेफर गरिएको  छ । एककाे अवस्था गम्भीर रहेकाे छ ।

कैलालीमा धेरैजसाे रुखहरु ढलेका, भाँचिएका छन् भने अधिकांश कच्ची घरका छाना उडाएकाे छ । केही घरका छानामाथि नै रुख ढलेका छन् । छाना र भित्ता उडाउँदा घरभित्र राखिएकाे अन्नपात पानीले भिजेकाे छ भने रातभर अधिकांशले घरबाहिरै रात बिताएका छन् । प्रभावित क्षेत्रमा विद्युत सेवा पनि रातिदेखि नै अवरुद्ध भएको छ ।

यसैबीच, प्रभावित क्षेत्रमा क्षतिकाे विवरण संकलन गर्ने कार्य तथा राहत र उद्धार कार्य सुर गरिएकाे सुदूरपश्चिम प्रदेश सरकारले जनाएकाे छ । विनाशकारी आँधीहुरीले करोडौंको क्षति भएको र तत्कालैदेखि उद्धार तथा राहत वितरण कार्यमा खट्न मातहतका निकायलाई निर्देशन दिइसकिएकाे मुख्यमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ