सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना कमाण्ड र ब्युरो नेतृत्व फेरबदल गरी नयाँ सैन्य भर्नाको तयारी गरेको छ।
हेडक्वार्टर सेक्रेटरीमा भेषराज भुसाल ‘धु्रब्र’लाई नै निरन्तरता दिइएको छ। पार्टी महासचिव विप्लवले सैन्य विभागको जिम्मेबारी आफू मातहत नै राखेका छन्। स्रोतका अनुसार यसलाई संगठित र शक्तिशाली बनाउन नयाँ भर्नालाई व्यापकता दिने निर्णय पार्टीले गरेको छ। प्रतिबन्धित नेकपासँग हाल ४ कम्पनी जनसेना रहेको सरकारी अनुमान छ।
स्रोतका अनुसार पार्टीले पूर्वी कमाण्डमा शक्ति केन्द्रित गरेर चन्दा संकलनलाई तीब्रता दिएको छ। मध्य कमाण्डका सम्पूर्ण गतिविधि प्रहरीको निसानामा परेपछि पार्टीले पूर्वी कमाण्डमा केन्द्रित भएको हो।
‘पूर्वी पहाडी जिल्लामा यतिबेला चन्दा आतंक छ,’ प्रहरीका एक अधिकारी चन्छन्, ‘विप्लव समूहका शक्तिशाली नेताहरु समेत सोही क्षेत्रमा केन्द्रित रहेको सूचना प्रहरीसँग छ।’
२८ फागुन २०७५ देखि सरकारले विप्लव नेतृत्वको पार्टीका सम्पूर्ण गतिविधिमाथि प्रतिबन्ध लगाएको छ। त्यसयता प्रहरीले ५ सय जना पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ता पक्राउ गरेको छ। केही अदालतको आदेशबाट छुटेका छन्।
प्रहरीले महत्वपूर्ण जिम्मेबारीमा रहेका सुदर्शन ओली, भरत बम, बन्धु चन्द र विजय श्रेष्ठलाई पक्राउ गरेको छ। हाल उनीहरु थुनामा छन्। यस्तै पूर्वी कमाण्डका प्रमुख सहयोगी रहेका पदम राई र मध्यकमाण्डमा प्रमुख सहयोगी रहेका शंकर अधिकारीले पार्टी परित्याग गरेका छन् । nepalkhabar
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु