सुर्खेत । मुगुको रारातालबाट ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगु कार्मारोङ गाउँपालिका ८ माग्रीकी आठ वर्षीया ठिन्ले माङ्मु लामाको अभिभावकत्व ग्रहण गरे। रकम अभावकै कारण कोही बालबालिका विद्यालयबाहिर रहन नपरोस् भन्ने उद्देश्य राखेर प्रधानमन्त्रीले सुरु गरेको अभियान धेरैले अनुशरण गरे।
प्रधानमन्त्री ओलीले कक्षा १ मा भर्ना गराएका बालिका ठिन्ले विद्यालय प्रथम भइन्। त्यसको एक वर्षपछि वैशाख ३ गते राष्ट्रिय गौरवको भेरी–बबई डाईभर्सन आयोजना उद्घाटन गर्न सुर्खेत आएका प्रधानमन्त्रीले बालिकाको प्रसंग निकाले। ‘मैले रारामा पुगेर भर्ना गरेको बालिका कक्षा १ मा प्रथम भइछन्।’
विडम्बना प्रधानमन्त्रीले अभिभावकत्व ग्रहण गरेको बालिका ठिन्ले ज्यान जोखिममा राखेर पढाइ खर्च जुटाउन अहिले यार्सा खोज्न उच्च हिमाली पाटन पुगेकी छिन्। यस्तै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले अभिभावकत्व ग्रहण गरेकामध्ये एक भेरी नगरपालिका १ रावतगाउँकी शर्मिला विक काठमाडौंको एक अनाथालयमा छिन्। शर्मिलाकी आमा विमलाका अनुसार अभिभावकत्व ग्रहण गरेका मन्त्रीले खर्च नव्यहोरेपछि उनलाई अनाथालय पठाइएको हाे। नागरिक दैनिकमा समाचार छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’