एजेन्सी । उत्तर प्रदेशको अलीगढमा पैसाको लेनदेलनको विवादमा अढाई वर्षकी बालिकाको हत्या भएको छ । प्रहरीले घटनाको जाँचको लागि एआईटी गठन गरेको छ । बालिकाको शव क्षतविच्छेद हालतमा नालीमा भेटिएको थियो । घटनामा सलंग्नको आशंकामा दुई जना व्यक्ति पक्राउ परेका छन् ।
यो घटना अलीगढको टप्पलको हो । मे ३१ को दिन बालिका हराएकी थिइन् । उनका अभिभावकले आफ्नो छोरी हराएको मुद्दा पनि दायर गरेका थिए । तर जुन २ मा नालीमा बच्चीको शव भेटियो ।
अलीगढका वरिष्ठ प्रहरी अधिकारी आकाश कुलहरीले घटनाबारे बोल्दै भने ,‘ प्रारम्भिक जाँचमा आपसी दुश्मनीको घटनाजस्तो देखिन्छ । बच्चीको पितासँगको सोधपुछमा केही दिन पहिले उनको छिमेकीमा बस्ने जाहिद नामका व्यक्तिसँग पैसालाई लिएर झगडा भएको बताए । घटनापछि बालिकाको परिवारलाई गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिइएको रहेछ ।’
अनुसन्धानका क्रममा बच्चीको अभिभावकले जाहिदसँग १० हजार ऋण लिएको देखिएको छ । तिनले सो रकम तिर्न नसकिरहेको अवस्थामा बालिकाको अपहरण पछि हत्या भएको प्रहरीको निष्कर्ष छ । प्रहरीका अनुसार घटनासम्बद्धमा दुई आरोपी जाहिद र असलमलाई पक्राउ गरिएको छ । दुवै जना मृत बालिकाको परिवारको छिमेकी हुन् ।
अलीगढका वरिष्ठ प्रहरी अधिकारी आकाश कुलहरिले भने ,‘मे ३१ को दिन अपहरणको मुद्दा दर्ता भएको थियो । घटनासम्बद्धमा दुई जना पक्राउ परेका छन् । तिनले आफ्नो अपराध स्वीकारिसके । बालिका बलात्कृत भएको प्रमाणित भएको छैन । घाँटी दावेर मारिएको देखिन्छ । उनको आँखा निकालिएको छ । आरोपी अहिले जेलमा छन् ।’
बालिका गुमाएकी आमाले घटनाबारे भनिन् ,‘एक सरसफाईकर्मीको सुचनापछि छोरीको शव पत्ता लाग्यो । हामी त्यहाँ पुग्दा उनको एउटा हात थिएन, खुट्टा पनि भाच्चिएको थियो । उसको आँखा एसिडले जलाइएको थियो । मेरी छोरीले के गल्ती गरेकी थिइन्, त्यस्तो गर्नको लागि । ती अपराधीलाई फासीँको सजायँ हुनुपर्छ ।’
घटनाको भारतका सबै तप्काबाट विरोध भएको छ । समाजिक संजालमा मानिसहरु आक्रोश पोखिरहेका छन् । घटनामा कांग्रेस अध्यक्ष राहुल गान्धी, प्रियंका गान्धी, क्रिकेटर वीरेन्द्र सहवाग, अभिनेता आयुष्मान खुराना र कयैन परिचित व्यक्तिले टिप्पणी गरेका छन् । घटनामा लापरवाहीको आरोपमा ५ प्रहरीलाई निलम्बित गरिएको छ ।
This will close in 3 seconds
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : गुणस्तरीय र समयमै काम गर्नू
स्वास्थ्य क्षेत्र गण्डकी सरकारको प्राथमिकता : स्वास्थ्यमन्त्री पाठक
‘मानिया’ इनर्जी ड्रिंक पिउँदा तामाङ्गले जिते ३२ इन्चको एलइडी टिभी
पोखरा -१५ मा तीज गीत प्रतियोगिता, माछापुच्छ्रे चौतारी आमा समूह पहिलो
स्वास्थ्यमन्त्री पाठकको पहिलो निर्णय : नसर्ने रोगको स्क्रिनिङ गर्ने
गण्डकीका पाँच वटै यातायात कार्यालयमा हेल्प डेस्क राख्ने निर्णय
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग