श्रीमतीमाथि बञ्चरो प्रहार गरेर श्रीमान आफैँ प्रहरी कार्यालय पुगेपछि…

श्रीमतीमाथि बञ्चरो प्रहार गरेर श्रीमान आफैँ प्रहरी कार्यालय पुगेपछि…

राँझा । बाँकेको जानकी गाउँपालिकामा श्रीमानको बन्चरो प्रहारबाट श्रीमती गम्भीर घाइते भएकी छिन् । जानकी गाउँपालिका वडा–३ मानपुर निवासी ५९ वर्षीया पञ्चराम हरिजनले शनिबार बिहान ९ बजेतिर ४५ वर्षीया श्रीमती कप्तरा हरिजनमाथि बञ्चरो प्रहार गरेको इलाका प्रहरी कार्यालय खजुराखुद्र्धका प्रहरी नायब निरीक्षक राजकुमार सिंहले जानकारी दिए ।

उनका अनुसार श्रीमतीमाथि बञ्चरो प्रहार गरेपछि पञ्चराम आफैँ प्रहरी कार्यालय पुगेका थिए । हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बञ्चरो प्रहारबाट गम्भीर घाइते कप्तराको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । श्रीमान–श्रीमतीबीच १५ दिनदेखि नै झगडा हुँदै आएको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ