काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले दुईवटा नयाँ वाइडबडी जहाज भित्र्याएको १ वर्षपछि पाएको नयाँ अन्तर्रा्ष्ट्रिय गन्तव्यको जापान उडान स्थगित भएको छ । निगमले आगामी असार १९ गतेदेखि तय गरेको जापानको ओसाका उडान करिब २ महिना पर सारेर अब भदौ १२ गतेदेखि मात्रै गर्ने भएको छ । निगमले उडान मिति तय गरेर यात्रु बुकिङ नभएको बहानामा जापान उडान एक महिना २६ दिन पर धकेलेको हो ।
जापान उडानको बुकिङ खुला गरेको ३ सातापछि बुकिङ नै कम भएको र जापान जाने आउने नेपालीको निम्ति अफ सिजनसमेत भएकाले पनि तय भइसकेको उडान स्थगित गर्नुपरेको वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए । उनका अनुसार सुरुवाती उडान भएकाले सकेसम्म नाफा हुने गरी गर्नुपर्ने हुन्छ । यसका निम्ति करिब २ महिना सार्दा जापानी पर्यटक र नेपालीको आवतजावतको सिजन हुने खरेलको बुझाइ छ ।
निगमले असार १९ को लागि खुला गरेको टिकेट बुकिङ भने अपेक्षाभन्दा निकै कम आएको छ । वर्षा सकिए पनि दसैंको माहोल सुरु हुने र नेपालीको चहलपहल पनि बढी हुने विषयलाई दृष्टिगत गरेर काठमाडौं जापान उडान गर्न लागिएको पनि खरेलको भनाइ छ।
उनका अनुसार यस अघि घोषणा गरिएको असार १९ को समय उडान अनुमतिको आवेदन माग्न मात्र लिइएको हो। यसलाई केही सयम पछाडि सार्दा कुनै असर नपर्ने र जहाज उडानमा थप सहज हुन्छ। जापान उडान सुरु गरेपछि खाली उड्यो भने भन् ठूलो घाटा खानुपर्ने भएकाले अहिले नै सचेत भएर एक महिना अगाडि नै निर्णय गरिएको निगमको भनाइ छ।
सम्बन्धित खबर
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
यो पनि पढौँ
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो
पोखरामा बढ्यो प्रदूषण, बन्याे देशको प्रदूषित सहर