सरुवा गरिएको ठाउँमा जान अटेर गर्ने नगरपालिकाका प्रमुख अधिकृत निलम्बित

सरुवा गरिएको ठाउँमा जान अटेर गर्ने नगरपालिकाका प्रमुख अधिकृत निलम्बित

napa

रौतहट । सरुवा गरिएको ठाउँमा जान अटेर गर्ने रौतहट सदरमुकाम गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की निलम्बनमा परेका छन् । सरकारले सरुवा गरी तोकिएको स्थानमा पठाएकोमा नगएपछि संघीय मामिला तथा सामान्य प्रशासन मंत्रालयले कार्कीलाई निलम्बन गरेको हो ।

कार्कीलाई जेठ १ गते शैल्यशिखर नगरपालिका दार्चुलामा खटाइएकोमा उक्त कार्यालयमा हाजिर हुन नजानुका साथै मन्त्रालयले तीन दिन भित्र खटाइएको कार्यालयमा हाजिर हुन लिखित रुपमा पत्राचार तथा मौखिक निर्देशन दिदाँ समेत नगएपछि मन्त्रालयले २ महिनाको लागि निलम्बन गरेको छ।

स्थानियले पटक–पटक सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत कार्की कार्यक्षेत्रमा उपस्थित हुन नमानेृपछि कार्कीलाई फिर्ता बोलाउन र संघीय मामिला तथा सामान्य प्रशासन मंत्रालयले कार्यभार दिएका दासलाई बहाल गर्नुपर्ने भन्दै पदर्शन गरेका थिए ।

मन्त्रालयले निजामति सेवा ऐन, २०४९ को दफा ६४ (१) बमोजिम दुई महिनाका लागि कार्कीलाई निलम्बन गरेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ