धाराको पानी छोएको भन्दै विवाद भएपछि एक जनामाथि खुकुरी प्रहार

धाराको पानी छोएको भन्दै विवाद भएपछि एक जनामाथि खुकुरी प्रहार

काठमाडौं । देशमा अझैँ विभेदले ठाउँ छोडेको देखिदैन । पहिला भन्दा कम भएपनि केही ठाउँमा भने विभेदका जरा गाडिरहेको पाइन्छ । यस्तै कागेश्वरी मनहरा–७, डाँछीमा पनि विभेद गरेको अभियोग लगाउँदै एक व्यक्तिले छिमेकीलाई खुकुरी प्रहार गरेका छन् ।

डाँछीका राजकुमार सार्कीले स्थानीय सुनील नगरकोटीलाई खुकुरी प्रहार गरेका हुन्। धाराको पानी छोएको भन्दै नगरकोटीले विवाद थालेपछि राजकुमारले खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । उक्त घटनामा गम्भीर घाइते भएका नगरकोटीका उपचा जोरपाटीको नेपाल मेडिकल कलेजमा भइरहेको बताइएको छ ।

सार्कीले आफूले खुकुरी प्रहार गरेको प्रहरीलाई दिएको बयानको क्रममा स्वीकारेको जनाइएको छ । उक्त घटना शनिबार साँझ भएको प्रहरीले बताएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाले सार्कीलाई थप अनुसन्धानका लागि बौद्धमा जिम्मा लगाएको बताइएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ