अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला, अवैध गर्भपतन गराएर फालेको अनुमान

अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला, अवैध गर्भपतन गराएर फालेको अनुमान

baby death

महोत्तरको सदरमुकाम जलेश्वर स्थित रहेको जिल्ला अस्पताल जलेश्वरको शौचालयमा करिब ६—७ महिनाको नवजात शिशु मृत अवस्थामा फेला परेको छ । ग्लोब्स, सेनेटरी प्याड र गजसहित शौचालयमा शिशु मृत फेला परेको छ । शिशु कसले फालेको विषयमा केहि खुल्न सकेका छैन ।

घटनास्थल हेर्दा चिकित्सककै संलग्नतामा कुनै महिलाले अवैध रुपमा गर्भपतन गराएर शिशु फालेको अनुमान लगाउन सकिन्छ । स्थानीयले घटनाको सत्यतथ्य छानविन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

अवैध रुपमा यौन सम्बन्धबाट जन्मेको सन्तान फालेको घटना पटक पटक सार्वजनिक हुन्छ । तर अस्पतालकै शौचालयमा गर्भपतन गराई बच्चा फालेको महोत्तरीमा यो पहिलो घटना हो । प्रहरीले घटना विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds