विवाह गर्छु भन्दै फकाएर कोठामा लगी १६ बर्षिया युवतीमाथि वलात्कार, युवक पक्राउ

विवाह गर्छु भन्दै फकाएर कोठामा लगी १६ बर्षिया युवतीमाथि वलात्कार, युवक पक्राउ

मोरङ । विवाहको आश्वासन देखाई एक युवतीलाई करणी गरेको अभियोगमा मोरङ प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार विराटनगर–१२ घर भई विराटनगर–१० सोमबारे हटिया नजीकै बहालमा बस्ने २५ वर्षीय विवेक भन्ने दिव्य पौद्धारलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

निजले विराटनगर–१४ की १६ वर्षीया एक युवतीलाई विवाह गर्छु भनी ललाइफकाई गत वैशाख १० गते कोठामा लगी करणी गरेका थिए । पीडितका परिवारले दिएको उजुरीका आधारमा पौद्धारलाई जेठ २३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।

आरोपी पौद्धारको आठ वर्षअघि विवाह भएको थियो । निजलाई जिल्ला अदालत मोरङबाट जबर्जस्ती करणी कसुरअन्तर्गत म्याद थप गरी थप अनुसन्धान भइरहेको छ प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds