माहुरीकाे के दाेष : निकुञ्जका कर्मचारीले जलाए ३१ घार माहुरी !

माहुरीकाे के दाेष : निकुञ्जका कर्मचारीले जलाए ३१ घार माहुरी !

mahuri

मुगु । स्थानीयबासीले मध्यवर्ती क्षेत्रको वनभित्र राखेका माहुरीका घारलाई निकुञ्जका कर्मचारीले नै आगो लगाएर जलाएका छन्।

ऋणमोक्ष मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अन्तर्गतको छायानाथ रारा नगरपालिका ७ को डावा रानीखाडा वन उपभोक्ता क्षेत्रको राताखोलामा वडा नम्बर ६ र ७ का स्थानीयबासीले संयुक्तरुपमा राखेका माहुरीको घार रारा राष्ट्रिय निकुञ्ज बुलबुले पोस्टका कर्मचारीले गत शुक्रबार माहुरीसहित आगो लगाएर जलाइदिएका हुन्।

माहुरीका घार राखिएको स्थान निकुञ्ज क्षेत्र भन्दा बाहिर मध्यवर्ती क्षेत्रमा पर्ने स्थानीयबासीको भनाइ छ। यो स्थानमा असोज कात्तिकमा पिना र कोटीला गाउँका स्थानीयले भेडा बाख्रा राख्ने गरेका थिए। शुक्रबार बुलबुले पोस्टबाट आएका निकुञ्जका दुई कर्मचारीले भेडीगोठसहित उक्त स्थानमा राखिएका छाँयानाथ रारा नगरपालिका ७ पिना गाँउका जानदेवी बम र वडा नम्बर ६ कि राजदेवी ऐडिका माहुरी घारलाई आगो लगाएर जलाएको खबर आजकाे अन्नपूर्ण पाेस्टमा छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ