सत्तारूढ नेकपा सांसद एवं पूर्वमन्त्री जनार्दन शर्माले कर्णाली प्रदेशमा जाने कर्मचारीलाई मासिक १ लाख रुपैयाँ तलब दिनुपर्ने प्रस्ताव गरेका छन् । आज सोमबार बसेको संसदको राज्य व्यवस्था समिति बैठकमा बोल्दै उनले कर्णालीमा कर्मचारी नबस्ने भएकाले पनि उनीहरुलाई त्यहाँ टिकाउन तलब बृद्धि गर्नु पर्ने बताएका हुन् । उनले कर्णाली प्रदेशमा कर्मचारी नबस्ने हुँदा उनीहरु टिकाउन कर्मचारीलाई एक लाख र प्रमुख सचिवलाई तीन लाख रुपैयाँ तलब दिन प्रस्ताव गरे ।
कर्णालीको राजश्व पाँच करोड पनि नरहेको भन्दै आफ्नै श्रोतमा धेरै कर्मचारी राख्न सक्ने अवस्था नरहेको बताए । सबै केन्द्र सरकारले दिएको बजेटले काम चलिरहेको भन्दै कर्णालीको विकासका लागि पनि कर्मचारीको सेवा सुविधा विस्तारको प्रस्ताव गरेका हुन् । हरेक मन्त्रालयका अफिस अनि अरु ८४ वटा अफिसमा दश दश कर्मचारी भर्ना गरेर कसरी काम गर्न सकिने भन्दै त्यसमा टेक्नोलोजीको प्रयोग गर्नुपर्नेमा जोड दिए ।
तलब बृद्धि गरेर कर्मचारी नपठाए उनीहरु त्यहाँ नबस्ने र दुई महिनामै फर्किने गरेको उनको भनाई छ ।उनले भने “कर्मचारी संख्या थोरै गरेर बढी दिनुपर्यो। त्यसो भयो भने बस्छन र काम गर्छ।” उनले भने जति भर्ना गरेपनि स्थायी नियुक्त बुझेको केही दिनमै सुर्खेत आएर बस्ने गरेको उनको भनाई छ । लोकेसवा आयोगले केन्द्रबाट भर्ती गर्ने कर्मचारी स्थानीय तहमा नबस्ने समस्या रहेको बताए।
सम्बन्धित खबर
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
अमेरिकामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु
पोखरामा स्काई डाइभिङ सुरू, नेपाली प्रशिक्षकले नै गराउने
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु