अफ्रिकी मुलुक मरिसस र नेपालबीच श्रम सम्झौता हुने भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा भइरहेको अन्तर्राष्ट्रिय श्रम सङ्गठनको शतवार्षिकी समारोहमा नेपाली समय अनुसार आज साँझ ७ः४५ मा श्रम समझदारी पत्रमा हस्ताक्षर हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मरिससका श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालिम मन्त्री सुदेश एस क्यालीचर्नबीच सो समझदारीपत्रमा हस्ताक्षर हुने श्रम मन्त्रीका प्रेस सल्लाहकार मदन खनालले जानकारी दिए।
मरिससमा पनि शूल्य लागतमै नेपाली कामदार लैजानेगरी सम्झौता हुनेछ। साम्झौता पछि गठन हुने दुवै देशको पा्रविधिक टोलीले कुन प्रणालीबाट कामदार लैजाने भन्ने निर्णय पछि गर्नेछ।
मरिसससँग नेपालको पहिलो पटक श्रम समझदारी हुन लागेको हो। मरिसससँग हुने समझदारीको मस्यौदामा कामदारको भर्ना प्रक्रियालाई मर्यादित र व्यवस्थित बनाइने उल्लेख गरिएको छ।
समझदारीपछि अब नेपाली कामदारले मरिसस जाँदा कुनै पनि शुल्क व्यहोर्नुपर्ने छैन। अन्य मुलुकको तुलनामा मरिसससँग नेपाली कामदारले आकर्षक सेवासुविधा पाउने मन्त्रालयको दावी छ। ‘कामको ज्याला, श्रम न्यायका सम्वन्धमा मरिससका नागरिक र यहाँका कामदारबीच विभेद नगरिने मस्यौदामा उल्लेख छ।
मस्यौदाअनुसार रोजगारदाताको कमजोरीका कारण वा कम्पनी बन्द भएमा नेपाली कामदारले वैकल्पिक रोजगारी खोज्न पाउने छ । मरिससको हावापानी, धर्म, संस्कृति, भाषा नेपालीका अनुकूल रहेको छ। भारतीय नागरिकको बाहुल्यता रहेको मरिससको मुख्य आम्दानीको स्रोत पर्यटन हो।
सरकारले गत कार्तिकमा मलेसियासँग श्रम समझदारी गरेता पनि पुर्ण कार्यान्वयनमा आउन सकेको छैन् । ७ महिनाअघि भएको समझदारी अहिलेसम्म कार्यान्वयनमा आउन नसक्नुले मरिससको श्रम समझदारी पनि त्यस्तै हुने त होइन भन्दै म्यानपावर व्यवसायीहरुले चिन्ता ब्यक्त गरेका छन्।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट