सुर्खेत। साझा विवेकशिल पार्टीले कर्णाली प्रदेश सरकारलाई रातो गाडी उपहार स्वरुप दिएको छ। साझा विवेशशिल पार्टीका कर्णाली प्रदेशका संयोजक गेहेन्द्र प्रसाद दाहालले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई रकमान्तर गरी गाडी किन्ने कर्णाली सरकारको निर्णयको विरोध स्वरुप गरिब कर्णालीबासीको तर्फबाट उपहार डमी रातो कार प्रदान गरेका हुन्।
आर्थिक वर्षको अन्त तिर कर्णाली सरकारले बजेट खर्च गर्न नसक्दा रकमान्तर गरेर ५४ वटा विलासी गाडी खरिद गर्ने निर्णय गरेको थियो। गाडीहरू प्रदेश सरकारका मन्त्रालय र अन्य निकायका लागि खरिद प्रक्रिया अघि बढाइएको हो।
साझा पार्टीले गरिब भनेर चिनिएको कर्णाली प्रदेशमा जनता तड्पिने र सरकार तथा नेताले ऐस आराम गर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताएको छ। ८ बुँदे ध्याानाकर्षण पत्र मुख्यमन्त्री शाहीलाई बुझाउदै आगामी बजेटमा युवालाई रोजगारीको व्यवस्था गर्न माग गरिएको छ।
त्यसै गरी ध्यानाकर्षण पत्रमा कर्णालीका जनतालाई स्वास्थ्य शिक्षा पूर्ण रुपमा निशुल्क बनाउनु पर्ने, कर्णाली प्रदेशमा मेडिकल कलेजको स्थापना गर्नु पर्ने, सरकारी अस्पताललाई स्रोत साधन र जनशक्तिले भरिपूर्ण बनाउनु पर्ने माग गरिएको छ। ध्यानाकर्षण पत्रमा विकासे बजेट खर्च गर्न नसकेर गाडी किन्नु दर्भाग्य भएको बताइएको छ। साथै विकासे बजेट आर्थिक वर्षको अन्तमा खर्च गर्ने परिपाटी निरुत्साहित गर्न पनि माग गरिएको छ।
सम्बन्धित खबर
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
लेखनाथ उद्योग वाणिज्य संघमा महानगरको कर सचेतना कार्यक्रम
पोखरा १५ मा तेस्रो रोपाइँ महोत्सव सम्पन्न, उत्कृष्ट चार फार्मलाई नगद पुरस्कारले सम्मान
पोखरा १५ मा क्षमता विकास सशक्तीकरण तथा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
फेरिए दुःखका दिन : गाउँ पुग्न बाटो बन्यो, खोला तर्न पुल
कुमामोतो नेपाली समाज जापानको अध्यक्षमा भट्टराई
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा