साउदीमा नेपालीलाई मृत्युदण्डको फैसला

साउदीमा नेपालीलाई मृत्युदण्डको फैसला

mirtudanda

काठमाडौं । आफ्नै नातेदारको हत्यामा दोषी ठहरिए १२ बर्षदेखि जेलमा रहेका उदयपुरका विवेक दाहाललाई साउदी अरबियाको पुनरावेदन अदालतले मृत्युदण्ड सजाय सुनाएको छ ।

उदयपुरको बसाहा–७ बैंकडाडाका दाहालले मोरङ, बबियाविर्ता–३ का राजेन्द्र विष्टलाई २००७ फेब्रुअरी २ मा सुतिरहेको अवस्थामा हत्या गरेका थिए । उनलाई जुबेलस्थित हायल जेलमा राखिएको छ ।

सार्बजनिक कानुनअनुसार मृत्युदण्डको फैसला सुनाएको तल्लो तहको फैसलालाई पुनरावेदन अदालतले सदर गरेको हो । अदालतले पीढित पक्षलाई निजी अधिकारसम्बन्धी कानुन प्रयोग गर्न दिन अस्वीकार गरेको छ ।

दाहालको जीवन बचाउन रिहादस्थित नेपाली दुताबासले निजी कानुनअनुसार पीडित पक्षलाई ‘ब्लडमनी’ रकम दिई माफी दिन अदालतसमक्ष अनुरोध गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ