बझाङ- बझाङमा मोटरसाइकल दुर्घटनामा परि एक वडासदस्यको मृत्यु भएको छ। जयपृथ्वी नगरपालिका-७ का वडासदस्य नरेश महरको मृत्यु भएको हो।
बिहीबार बिहान मोटरसाइकल सिक्ने क्रममा वडा नम्बर ७ का अध्यक्ष हरिचन्द्र जोशीसहित वडासदस्य नरेश महर गम्भीर घाइते भएका थिए। घाइते महरको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
वडा नम्बर ७ को से१ब ११७७ नम्बरको मोटरसाइकल वडा सदस्य महरले चलाएको जनाइएको छ। घाइते वडाअध्यक्ष जोशीको जिल्ला अस्पतालमा नै उपचार भइरहेको छ। मृतक महरले विना हेलमेट मोटरसाइकल चलाएको प्रहरीको भनाइ छ।
‘मृतक महरको टाउकोमा चोट लागेको थियो,’ जिल्ला अस्पतालका कार्यालय प्रमुख डाक्टर सन्दिप ओखेडाले भने। गम्भीर घाइते महरको थप उपचारका लागि काठमाडौं लैजानका लागि हेलिकोप्टर मगाएको भए पनि समयमा नै हेलिकोप्टर नपुग्दा उनको मृत्यु भएको आफन्तले जनाए।
सम्बन्धित खबर
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो