करोडौँ रुपैयाँको आर्थिक चलखेल र यातायात व्यवसायीको प्रभावमा परेर यातायात व्यवस्था विभागले बिहीबार दिउँसो ३ बजे यात्रुबाहक र मालबाहक सवारीसाधनमा २० प्रतिशत भाडा वृद्धिको निर्णय गर्यो । यसअघि गत दसैँको मुखमा १० प्रतिशत भाडा वृद्धि गरिएको ९ महिना नबित्दै भाडा वृद्धि गर्नुको कुनै वैज्ञानिक कारण थिएन । असोजको तुलनामा अहिले पेट्रोलको मूल्य ४ रुपैयाँ र डिजेलको मूल्य साढे २ रुपैयाँले घटेको छ ।
यातायात व्यवसायीले करोडौँ रुपैयाँ परिचालन गरी विभागलाई भाडा बढाउन लगाएका थिए । तर, भाडा वृद्धि नगर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हस्तक्षेप गरेका कारण ५ घन्टापछि बेलुका ८ बजे नै भाडा वृद्धिको निर्णय फिर्ता लिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको उच्च स्रोतका अनुसार विभागले मन्त्रालयलाई भाडा वृद्धिबारे जानकारी नै गराएको थिएन । ‘भाडा वृद्धिबारे निर्णय लिन सक्ने अधिकार विभागलाई छ, तर औचित्यविना नै बढाएकाले मन्त्रालयले हस्तक्षेप गरी निर्णयलाई तत्काल रोक्न निर्देशन दियो,’ मन्त्रालयका एक अधिकारीले बताए । हठात् यस्तो निर्णय आउनुमा आर्थिक चलखेलको आशंका गरेको ती अधिकारीको भनाइ छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा जीवन बस्नेतले लेखेका छन् ।
सम्बन्धित खबर
रातदिन खटेर काम गर्नुपर्ने बेला भएको भन्दै विदेश भ्रमण नजान प्रधानमन्त्रीको निर्देशन
पोखरा-१५ मा विविध कार्यक्रमको आयोजना गरी धान दिवस मनाइयो
र्यान्डममा सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’
पर्वत फलेवास–अर्मादी सडकखण्ड निर्माणमा ढिलासुस्ती
जनताले अनुभूत गर्ने गरी गणतन्त्रको कार्यान्वयन अपरिहार्यः प्रदेश प्रमुख भट्ट
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग