डोल्पामा २२ वर्षीया सरादेवीले जन्माईन् २४ औँला भएको शिशु !

डोल्पामा २२ वर्षीया सरादेवीले जन्माईन् २४ औँला भएको शिशु !

fingers-24-dolpaa_20190613112951

डोल्पा : डोल्पामा एक महिलाले २४ औँला भएको बच्चा जन्माएकी छन् ।

जगदुल्ला गाउँपालिका–६ की २२ वर्षीया सरादेवी बिकले २४ वटा औँला भएकी छोरी जन्माएकी हुन् । सारादेवी र दलपति बिकको पहिलो सन्तानको रुपमा जन्मिएकी  छोरीका हातमा १२ र खुट्टामा १२ औँला छन् । यस्तो घटनाले परिवार मात्रै नभएर गाउँलेहरु समेत अचम्भित भएका छन् ।

रिमी स्वास्थ्य चौकीकी अनमी रुपीकुमारी ऐडीलेका अनुसार शिशुको स्वास्थ्य अवस्था भने सामान्य छ । उनको तौल दुई किलो पाँच सय ग्राम छ । परिवारका सदस्यले भने यस्तो कुरा लुकाएर राखेका थिए । तर गाउँलेको दबावका कारण सार्वजनिक रुपमै अनौठो शिशुको बारेमा जानकारी गराइएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ