काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले पत्रकार रवि लामिछानेलाई ‘भ्रष्टाचारी’ भनेको धारणा पत्रिकामा प्रकाशित भएकोजस्तै देखिने फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
नयाँ पत्रिका दैनिकको वाइलाइनमा प्रकाशित भएकोजस्तो देखिने समाचारको शीर्षक छ – रवि लामिछाने ठूलो भ्रष्टाचारी हुन् : मन्त्री पुन समाचार पढ्दा तपाईलाई लाग्न सक्छ – मन्त्री पुन आफ्नो कामकाज छाडेर पत्रकारको आलोचनामा किन उत्रिए ? झन् सरकारले ल्याएको मिडिया विधेयक विवादित भइरहेका बेला मन्त्रीबाटै यस्तो धारणा आउँदा सरकार नै मिडियाप्रति नकारात्मक छ कि भन्ने धारणा बन्न सक्छ तर तथ्य अर्कै रहेको पाइएको छ ।
यस्तो छ भाइरल ‘समाचार’ तस्वीर

ऊर्जामन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै नयाँ पत्रिकामा यस्तोखाले समाचार प्रकाशित नभएको स्पष्ट पारेका छन् ।
‘ पत्रकार रवि लामिछानेको सन्दर्भमा माननिय मन्त्रीज्यूले कुनै पनि टिप्पणी र भनाई सार्वजनिक नगरेको म स्पष्ट पार्न चाहन्छु । उहाँको हवाला दिँदै आएका समाचारहरू सबै असत्य भएको र मन्त्री पुनको भनाई, फोटो र नाम जोडेर नक्कली पत्रिका समेत बनाएको हामीले प्रारम्भिक अनुसन्धानको क्रममा फेला पारेका छौं,’ विज्ञप्तिमा लेखिएको छ ।
हेर्नुस् यस्तो छ विज्ञप्तिको पूर्णपाठ :-
माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ज्यूको भनाई भन्दै विभिन्न अनलाइन र सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति हाम्रो गम्भीर ध्यानआकर्षण भएको छ । पत्रकार रवि लामिछाने ‘ठूलो भ्रष्टाचारी हुन्’ भन्ने शीर्षक राखेर नयाँ पत्रिकाको नक्कली कटिङ समेत बनाई समाचारमा माननीय मन्त्रीज्यूको भनाई भन्दै मनगढन्ते समाचार प्रकाशित गरेकोमा समेत हाम्रो आपत्ति रहेको छ । उक्त समाचारबारे हामीले नयाँ पत्रिकाका प्रधान सम्पादक कृष्णज्वाला देवकोटालाई बुझ्दा समेत समाचार नयाँ पत्रिका दैनिकको कुनै पनि पेजमा प्रकाशित नभएको समेत उहाँले स्पष्ट पार्नुभएको छ । त्यसैले यो खबर झूटो भएको जानकारी दिन चाहन्छौं ।
पत्रकार रवि लामिछानेको सन्दर्भमा माननीय मन्त्रीज्यूले कुनै पनि टिप्पणी र भनाई सार्वजनिक नगरेको म स्पष्ट पार्न चाहन्छु । उहाँको हवाला दिँदै आएका समाचारहरू सबै असत्य भएको र मन्त्री पुनको भनाई, फोटो र नाम जोडेर नक्कली पत्रिका समेत बनाएको हामीले प्रारम्भिक अनुसन्धानको क्रममा फेला पारेका छौं ।
म यसप्रकारका भ्रममा समेत नपर्न सम्बन्धित सबैमा आग्रह गर्दछु । साथै यस घटनाको कानूनी उपचार खोज्ने काम भइरहेको समेत आम जनसमुदाय र सञ्चारकर्मी साथीहरूलाई जानकारी दिन चाहन्छु ।
रोशन खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको प्रेस संयोजक
केही दिनदेखि सामाजिक सञ्चालमा अन्य पत्रपत्रिकामा समाचार प्रकाशित भएका भन्दै प्रचारप्रसार हुने गरेको छ । फोटोशप लगायत प्रविधिको दुरुपयोग गर्दै हुने गरेका कुप्रचारमा समग्र पत्रकारिता र कुनै व्यक्तिलाई लक्षित गरेर बद्नाम गर्ने गरिएको पाइएको छ ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
अस्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिँदा नेपाली दम्पती र छोराको मृत्यु
कुलमान घिसिङलाई प्रधानमन्त्रीले मन्त्री पदबाट बिदा गर्नुपर्छ: शंकर पोखरेल
जेन-जी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेको खोजी तीव्र, सहयोगका लागि कास्की प्रहरीको अपिल