बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले एक सामाजिक संस्थालाई ८ विघा जग्गा दिने घोषणा गरेका छन् । जनयुद्ध प्रतिष्ठान नेपाललाई उनले बेलबारी बजार नजिकै रहेको जग्गा दिने भएका हुन् ।
जनयुद्ध प्रतिष्ठान नेपालले बेलबारीले जग्गा उपलब्ध गराए विभिन्न कालखण्डमा भएका जनयुद्धलाई समेटेर सग्राहालय, शैक्षिक गतविधि, स्वास्थ्य सम्बन्धि गतिविधि, पार्क तथा अन्य रोजगार मुलक कार्यक्रम गर्ने भनि पत्र पठाएपछि मेयर सुवेदीले आफ्नै जग्गा दिने घोषणा गरेका हुन ।
बेलवारी नगरकार्यपालिकाको ३० जेष्ठमा बसेको बैठकम जग्गा दिने निर्णय भएको हो । कार्यापालिकाको बैठकले मेयर सुवेदीले गरेको काम प्रशंसायोग्य रहेको बताए । उक्त जग्गाको मुल्य हाल ८ करोड पर्न जान्छ ।
‘हामी समृद्ध बेलबारीको योजना अगाडि बढाइरहका छौ,’ मेयर सुवेदीले भने ‘त्यसको लागि जग्गा दिएको हुँ ।’ समृद्धिको सपना देख्नेले अरुबाट भन्दा आफुबाट त्यसको थालनी गर्नुपर्ने बताउँदै उनले विकास निर्माणको लागि आफु हरदम तयार रहेको बताए ।
जग्गा प्राप्त भएपछि यस आर्थिक वर्षमै डिपिआर तयार गरी कामको थालनी गर्ने जनयुद्ध प्रतिष्ठान नेपालका अध्यक्ष सावित्री कुमार काफ्लेले बताए । सघीय, प्रदेश तथा स्थानीय तहसँग छलफल भइरहेको छ अध्यक्ष काफ्लेले भने ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार