विप्लवको चेतावनी : ‘केपी–पीके कम्पनीले सर्च एण्ड एरेष्ट अभियान नरोके कडा प्रतिकार गछौँ ‘

विप्लवको चेतावनी : ‘केपी–पीके कम्पनीले सर्च एण्ड एरेष्ट अभियान नरोके कडा प्रतिकार गछौँ ‘

biplob-12-1-768×398

सिन्धुली । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समुहले वर्तमान कम्यूनिष्ट सरकारले जनतामा आतंक मच्चाएको र त्यसलाई नरोके कडा रुपमा प्रतिकार गर्ने चेतावनी दिएको छ । केपी–पीके कम्पनीले सिन्धुलीमा सर्च एण्ड एरेष्ट अभियान चलाई जनतालाई सहनै नसक्ने गरी राज्य आतंक मच्चाइराखे त्यसको कडा रुपमा प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

पार्टीले आफुहरु विरुद्ध सरकारले चलाएको सुरक्षाकर्मीको कारण जनसमुदायलाई दुख दिएको र निर्धक्क भएर जिउने अधिकारको समेत हनन गरेको भन्दै ‘सर्च एण्ड एरेस्ट अपरेसन’ अभियान नरोके कडा प्रतिकार गर्ने चेतावनी दिएको हो ।

सिन्धुलीका विभिन्न ठाउँमा जनपथ र सशस्त्र प्रहरीले चलाएको ‘सर्च एण्ड एरेस्ट अपरेसन’ भन्दैसामान्य नागरिकलाई गिरफतार गर्ने र शारीरिक तथा मानसिक यातना दिएको भन्दै विप्लव समूहले बिहीबार एक विज्ञप्ती जारी गरी प्रतिकार गर्ने चेतावनी दिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ