पुर्खौली घरलाई धर्मसाला बनाउँदै महानिरीक्षक खनाल, १५ सदस्यीय समिति गठन

पुर्खौली घरलाई धर्मसाला बनाउँदै महानिरीक्षक खनाल, १५ सदस्यीय समिति गठन

ig-khanal

काठमाडौं । सशस्त्र प्रहरी बल प्रमुख सैलेन्द्र खनालले आफ्नो पुर्खौली घरलाई धर्मसाला बनाउने भएका छन् । गुल्मी जिल्लाको रुरु गाउँपालिका रिडी स्थित आफ्नो पुर्खौली घरलाई स्व पिता डा टिकाराम खनालको स्मृतिमा धर्मसाला बनाउने गरि भएका हुन् ।

गुल्मी पुगेर उनले घरलाई धर्मशाला बनाउन शंकर भट्टराईको अध्यक्षतामा १५ सदस्य निर्माण कमिटी गठन गरेका छन् । पुरानो संरचनामा बनेको २ तले घरलाई नयाँ डिजाइनमा धर्मशाला बनाउने बताउँदै स्वर्गीय पिताकै चाहना अनुसार धर्मशाला बनाउने निर्णय गरेको बताए ।

बिहिवारदेखिनै काम सुरु गरी भुकम्प प्रतिरोधी धर्मशाल निर्माणका लागि असारको दोस्रो साता नै शिलान्या गर्ने महानिरिक्षक खनालले बताए । बसाइ अन्त सरेपछि पुर्खौली घरमा धेरै वर्ष देखि खनाल परिवार बस्न छोडेका थिए ।

गत वर्षको १३ असोजमै सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) शैलेन्द्र खनालले गृह जिल्ला गुल्मीमा रहको आफ्नो घरलाई धर्मशाला बनाउने घोषणा गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ